के म चिच्याउदै दुनियालाई सुनाउ
यहाँ बाच्न कति गारो छ भनेर
नाच्न कति गाह्रो छ भनेर
हास्न कति गाह्रो छ भनेर
भन्नेहरु भन्दै गर्छन सधै हाँस भनेर
सधै नाच भनेर
अनि सयौ बर्ष बाँच भनेर
लर्के जोबान भोलिलाई नसाच भनेर
तर पनि म भित्र भित्रै जलिरहने छु
नबोली नबोली रोइरहने छु
दुनियालाई किन रमिता देखाऊ
आफ्नो घाउ आफै दुखाइरहने छु
म चिच्याउदै गर्दा एक थान चराहरु आकाशतिर उड्ने छन्
हाँस्दै गर्दा मानिसहरु टाढा टाढा भाग्नेछन
नाच्दै गर्दा खुट्टा तानी पछार्ने छन्
र भन्ने छन् ऊ त्यो त खुस्केछ
हो यो पाखण्डी दुनियामा मा पागल भैसके
बाच्न नजान्ने कातर भैसके
पानि नभएको बादल भैसके
मुटु नभएको खोक्रो लाश भैसके
नासिकाउ कसैले बाच्ने कसरि भनेर
नाजिस्काउ कसरि हाँस्ने कसरि भनेर
सक्छौ भने आफै हाँस
म मरेको दिन उफ्री उफ्री नाच
जसले हसाउछु भन्यो उसैले फसायो
जसले बाच्न सिकाउछु भन्यो उसैले जिउदै जलायो
अब अडिन्न म यहाँ कसैको आशले
मन कसैगरि पग्लिदैन कसैको बकबासले
हिजो साथ् दिनेहरु बात लाउन थाले
मुटु साट्नेहरु पनि घात गर्न थाले
अब मन पग्लिदैन चिल्ला कुरा गर्नेसँग
छाती टेकी कलेजीमा लात हान्ने संग
यहाँ बाच्न कति गारो छ भनेर
नाच्न कति गाह्रो छ भनेर
हास्न कति गाह्रो छ भनेर
भन्नेहरु भन्दै गर्छन सधै हाँस भनेर
सधै नाच भनेर
अनि सयौ बर्ष बाँच भनेर
लर्के जोबान भोलिलाई नसाच भनेर
तर पनि म भित्र भित्रै जलिरहने छु
नबोली नबोली रोइरहने छु
दुनियालाई किन रमिता देखाऊ
आफ्नो घाउ आफै दुखाइरहने छु
म चिच्याउदै गर्दा एक थान चराहरु आकाशतिर उड्ने छन्
हाँस्दै गर्दा मानिसहरु टाढा टाढा भाग्नेछन
नाच्दै गर्दा खुट्टा तानी पछार्ने छन्
र भन्ने छन् ऊ त्यो त खुस्केछ
हो यो पाखण्डी दुनियामा मा पागल भैसके
बाच्न नजान्ने कातर भैसके
पानि नभएको बादल भैसके
मुटु नभएको खोक्रो लाश भैसके
नासिकाउ कसैले बाच्ने कसरि भनेर
नाजिस्काउ कसरि हाँस्ने कसरि भनेर
सक्छौ भने आफै हाँस
म मरेको दिन उफ्री उफ्री नाच
जसले हसाउछु भन्यो उसैले फसायो
जसले बाच्न सिकाउछु भन्यो उसैले जिउदै जलायो
अब अडिन्न म यहाँ कसैको आशले
मन कसैगरि पग्लिदैन कसैको बकबासले
हिजो साथ् दिनेहरु बात लाउन थाले
मुटु साट्नेहरु पनि घात गर्न थाले
अब मन पग्लिदैन चिल्ला कुरा गर्नेसँग
छाती टेकी कलेजीमा लात हान्ने संग
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home