बनबासको अनुभब
“यदि तिमी रोममा छौ भने रोमन जस्तै बन।” सेन्ट अम्ब्रोसको यो भनाइ हाम्रा समाजबादी दलका नेता डा बाबुराम भट्टराईले बेला बेला ट्विट गरिराख्छन।जनकपुर जादा होस या बझाङ नेताहरू भोट खसाल्नकै लागि भएपनि नौटकि गर्न सिपालु छन्। क्यानडाका प्रधानमन्त्रि जस्टिन टुडोले २०१८ मा भारत भ्रमणको बेला सिखहरूको पहिरन पहिरेर निकै चर्चामा आएका थिए। क्यानाडामा थुप्रै शिख भोटरहरू भएकोले उनले यो नाटक गरेका हुन भनेर अड्कल गर्न खासै गाह्रो पर्दैन । हामि देशै छोडेर अर्को देशको नागरिता लिएर बसेकाले त कति गर्नु पर्छ नाटक कति। त्यसै भनेका थिएनन् सेक्सपियरले “जिन्दगी एक नाटक हो भनेर।”
त्यस्तै नाटकको एउटा अंश थियो बनबास अर्थात् क्यम्पिङ्ग। कुनै जंगलमा होस् या कुनै पोखरीको छेउछाउ पोलिस्टर तथा नाइलनको कपडाका छाना स्टिलको डन्डीमा अडाएर, र तिनै डन्डीमा रसिले कसेर बास बस्ने घरलाई क्यम्पिङ्ग भनिदो रैछ। ति पनि विभिन्न साइज अनुसारका, दाम अनुसारका हुदा रहेछन। कोहि बाटुला , कोहि लाम्चा , कोहि छाता जस्ता गरेका। जस्तो खोज्यो त्यस्तै पाइने। अनि हामीलाई चाही देखाउनकै लागि भए पनि किन्नु पर्ने र एकपल्ट भएपनि समरमा बनबास पस्न पर्ने।
पहिलो दिन क्याम्प गाड्न सिक्नकै लागि हर्लेक पार्क पुगे। टेन्ट गाड्न कोशिश गर्दा गर्दै गोरिले देखेर थाहा पाइछ कि हामि त्यो टेन्ट गाड्न जान्दैनौ भन्ने, हास्दै आई नजिक र भनि " यु गाइज नीड एनी हेल्प ?" लाज मानेर भयो र मैले पनि भन्दे "एस।' अनि उसले कता कता ति स्टिलका डण्डा खासखुस छिराई। अनि तिनै डण्डा चारकोछामा लगेर गाडी। तनक्क तन्काउदै डोरी कस्दै गर्दा गर्दै घरै तयार भयो झ्याल ढोका सहितको। मैले निच्च हान्दै "थ्याँक्यु" भने। ऊ मुसुक्क हाँस्दै हिडी त्यहाँ बाट। त्यसपछि बरु टेन्ट गाड्न अरुलाई सिकाइयो। आफुलाई कसैले सिकाउन परेन। त्यो दिन केटा केटि कम्ता रमाएनन। आफुलाई चाई नाटकै गरेजस्तो भयो।
त्यसपछि बास्तबिक बनबास जाने योजना बन्यो साथिहरुसंग। तिलक, डिल्ली, कमल, हिरामणि, बुद्धि लगाएतका लक्का जवानहरुको टोलीले स्थान निर्धारण गर्यो वाबामुन लेक। यो लेक एडमन्टनदेखि करिब एकसय किलोमिटर पश्चिम एल्लोहेड हाइवेमा पर्दछ। पहिले सपरिवार जाने भनेर छलफल चल्यो। पछि केहि साथीहरुले बच्चाहरु सानो सानो भएको र जंगलमा रातको बेला टेन्टमा भालुको खतरा हुनसक्ने कुरो गरे। अन्त्यमा परिवारलाई नलगी केटाहरु मात्र बनबास पस्ने कुरो भयो। बनबास पस्नुको मुख्य उद्देश्य चाही लगातार कामको स्ट्रेसलाई केहि छिन भएपनि जंगलमा लगेर बिसाउने थियो। भेट भएर छलफल गर्नु, कार्य बिभाजन गर्नु भन्ने कुरा नेपालतिरै छोडेर आएको अवस्था थियो सबैको। कोहि साथीहरु अठार घण्टा सातै दिन काम हान्थे, भने कसले मिलेजती घण्टा हान्थे। यो घण्टा हान्ने प्रतिस्प्रधा चलेको बेला कस्को फुर्सद टिमहर्टनमा गएर, कफी किनेर छलफल चलाउने। हावामै बन्यो मेसेन्जर क्याम्पिङ्ग ग्रुप। त्यसपछि छिन् छिन् मै टिंग टिंग सुरु हुन थाल्यो।
सबै साथीहरु काममै हुन्थे तर रेस्पोन्स चाहि गरिहाल्ने। फोन सबैको हातमा हुन्थ्यो। खल्तीमा भएपनि टिंग बज्नासाथ सबैले हेरिहाल्थे। ढाट्न पनि नमिल्ने हेरिन भनेर त्यहि स्क्रिनमा फुटो फुत्त फुत्त निस्कथ्यो।
कामको बाडफाड भयो मेसेन्जरबाटै। मुख्य कुरो थियो टेन्ट, खाने कुरा र पिउने जिनिस। टेन्टले पानि परेपनि टाउको सम्म जोगाउन पाइन्थ्यो । तरल पदार्थ भए बुरुक्क बुरुक्क उफ्रिन भैहाल्यो संगीतको तालमा संगीतको तालमा नभएपनि। कार्यक्रमको संयोजक म नै भए। एउटा टेन्ट मै संग थियो सात आठ जनासम्म अट्ने।साथीहरुले पनि आफुसंग भएको टेन्ट बोके। सबै टेन्ट खोल्न परेन। सबैले सिलिपिंग ब्याग अनिबार्य लैजाने निर्णय पनि गरियो। कसैले पानि, कसैले कुख्राको खुट्टा,कसैले काक्रो र गाजर, कसैले पेपर प्लेट, कसैले भटमास साँधेको, कसैले खसिको भुटन र कसैले तरल पदार्थ गर्दै कामको बाँडफाड पनि भयो।
ढिलोमा बाह्र बजे सबैजना क्याम्प गिराउनमा पुग्ने र सबभन्दा पहिले पुग्नेले आफ्नो टेन्ट गाड्ने स्थान रोक्ने कुरो भयो। यहि सल्लाह बमोजिम तिलक र म लगाएतका साथीहरु क्याम्प गिराउनमा सबभन्दा पहिले पुग्यौ र आफ्नो ठाँउ रोक्यौ। क्याम्प बुक गर्ने अफिसबाट आफ्नो घडेरीको खोजि गर्दै छिरियो जंगलतिर। जादै गर्दा गाई बाख्रा चराएको रानीबनको याद आयो मलाई । फरक के थियो भने रानी बनमा गाई, गोरु, भेडा, बाख्रा चरिरहेका हुन्थे। गोठाला गोठाल्नीहरुले लोकगित घन्काइरहेको सुनिन्थ्यो र आफुले पनि "रानीबनमा साइलि" भन्दै गित गाइन्थ्यो। यहाँ त बनभरि सेता, निला, काला टेन्टहरु भित्र र बाहिर भेडा बाख्रा जस्तै मान्छेहरु थिए। लाइनै संग बाटोको दाँया र बाँया कतै टेन्ट गाडेका त कतै आर भी ट्रेलर पार्क गरेका। यी आर भी भन्ने पनि अचम्मैको हुदो रैछ। त्यहि भित्र भान्छा घर, सुत्ने कोठा, हग्ने र मुत्ने ठाउँ। घरै बोकेर ल्याए जस्तो। कस्तो मजा। त्यो मजा लिनलाई अलि धेरै डलर लाग्दो रैछ। हामि मध्यकै एकजनाले भन्यो "घरमै बस्न थियो भने किन बनबास छिरेका होलान यी खैरे हरु। धेरै घण्टा हानेर थोरै डलर कमाउनेको लागी भने तिनै प्लास्टिकका छाना नै उत्तम थिए। जंगलमा पनि वर्ग बिभाजन भएजस्तो लाग्यो।
हाम्रो घडेरीको नम्बर थियो १८२। पाँच धुर जतिको जग्गामा एउटा बेन्च र टेबल गाडेको थियो भने उसको नजिकै एउटा फलामको चुलो कुखराको खुट्टा पोल्नलाई बनाएको थियो। कालो न कालो खिया लागेको त्यो चुलोमा कतिले गाइको माशु पोले होलान त कतिले सुंगुरको। चुलो सफा नगरी छोडेको रैछ अघिल्लो टोलीले। अलि अलि त पुछपाछ पारियो तर राम्रो सँग सफा गर्नलाई साधन थिएन। तर पनि सके जति घोटियो। किनेर लगेको दाउरा जोरेर आगो सल्काइयो। जंगलभरि सुकेका दाउरा थिए तरपनि त्यहाँ जानेहरुले दाउरा किन्नै पर्दथ्यो। जंगलबाट खोजेर बाल्न मनाई थियो।तरपनि साथीहरु जंगलभित्र छिरेर दुइचारओटा सुकेका हाँगा ल्याइहाले।
एकैछिनमा कुइरिमन्दल धुवा पुत्याउन थाल्यो चुलोमा। केहि साथीहरुले कोराना क्रयाक पारिसकेछन अघिनै।
आगो दन्किन थालेपछि पूर्ण ,तिलक र मुक्तिले कुखुराको खुट्टाहरु पोल्न शुरु गरे। म भने लागे घर बनाउन तिर। बिष्णु र डिल्लीले किला ठोकठाक गर्न सहयोग गरे।घर बनाइसकेपछि हल्का फुल्का स्न्याक खानेतिर लागियो। खुट्टा राम्रो संग त पाक्यो पाकेन तर अलि अलि डढेर कालो भएपछि सितन भैहाल्यो। केहीबेरसम्म क्रयाक क्रयाक आवाज आइरह्यो।
ओरिपरिको हरियो जंगल रंगिन देखिन थालेपछि केहि पर भएको वबामुन तलाउको किनारतिर जाने कुरो चल्यो। भोलिबल र पानीका बोतलहरु बोकेर लागियो लेकतिर। लेक पुग्नासाथ् सुरुभयो फोटो खिच्ने महान कर्म। थरि थरिका फोटा र सेल्फी खिचिसकेपछि लागियो बीच भोलिबल गिराउन तिर। त्यतिन्जेल अर्को मित्र बुद्धि आचार्य पनि आइपुग्नुभएको थियो।
हल्का शरीरले ग्रभिटी लुज गरेको बेला भोलिबल खेल्नुको मज्जा पनि बेग्लै हुदो रैछ। तर धेरै बेर बल ठोक्दा ठोक्दा घाँटी सुकेर प्याक प्याक भयो। बोतलको पानि अघिनै रित्तिसकेछ। खेल्न शिपालु नभए पनि हातमा बल परेको बेला सबैले सकेको दनक दिइन्थ्यो। लेकको छेउछाउ गोरे गोरेनीहरु अंकमाल गरेर सुन्दर तलाउको रसपान गर्दै थिए। बेला बेला ओठ जोडेर आँखा बन्द गर्दथे धेरै बेर सम्म। यसरि लेकको छेउछाउ जानेहरु प्राय बयस्क केटाकेटिहरुको जोडी नै थियो। हामि उस्तै उमेरका केटाहरु हात काँधमाथि राख्दै फोटो खिचेको देख्दा उनीहरुको अनुहारमा अचम्मभाब देखिन्थ्यो। के गर्ने हामि स्कुलबाट निस्कदा हातेमालो गरेको बानि बेला बेला जुक्केर यहाँ पनि गरिदो रैछ। जे होस् 'हु केयर्स' भन्दै लागियो जंगलको बिचमा रहेको हाम्रो झुपडीतिर।
जंगलको झुपडी सम्म पुग्दा सबैका खुट्टा दरा भैसकेको थियो। तत्कालै शुरु भयो क्रयाक क्रुक।डिनरको लागि पिजा थियो। भटमास साँधेको, चिउरा, भुजा, अचार, बदेलको सेकुवा, हरिणको भुटुवा, हरियो सलाद, थरि थरिका फलफूलहरु खान बाँकी नै थियो। सबैको मन कोरोना र सलादमा बढी थियो।अलि अलि च्यास चुस्स सबै थोक खाइयो। रात ढल्किदै जादा एकथान खैरेका जोडीले परिपट्टीको झुपडी बाहिरै सामसुम गर्न थाले। हार्म्रो ग्यांग को चोरनजर पर्न थालेछ क्यारे एकैछिनमा भित्र छिरे। जति जति रात पर्दै थियो त्यति त्यति बन्दै गयो सगीतमय बाताबरण। स्पिकरमा बज्दै थियो " बाग्लुङ्ग कालिका "। बाजाताल भनेपछि सबै बुरुक बुरुक नाच्न थालिहालियो। केहीबेर पछि सुरु भयो पुर्बेली भाका। अलिबेर पछि भाका साका कसलाई बाल मतलब भयो, स्पिकरबाट भाषण बजेपनी साथीहरुको नाँच उत्कृष्ठको पनि पराकाष्ठ भयो। कतैबाट कम्प्लेन आउछ कि भन्ने डर भने अलि अलि जिवितै थियो।
बद्रि पंगेनीको लोक भाका "ट्यांककुटी ट्यांकुटी झ्याई" संगै ग्रुप डान्सले फेरो मार्दै गर्दा नजिकैको जंगलमा भालुको कुनै जनावरको आवाज आयो। एकदुई पल्ट राम्रोसंग सुनेपछि भालुको आवाज भन्ने पक्का भयो। भालुको आवाज सुन्ने बितिकै दुई तिन जना साथीहरु आफ्नो आफ्नो गाडीभित्र पसेर ज्यानको सुरक्षा गर्न लागे। उनिहरुलाई सायद तरल पदार्थले छोडिसकेको हुनुपर्छ। कतिपयलाई भने भालु कराएको हो कि भाँले मतलबै भएन। भाँलु तिन चार चोटी सम्म नजिकै नजिकै कराइरहेको थियो। जंगलका सबैजसो टेन्टहरु सुन्य थिए। आर भी हुनेहरु ढुक्क सँग सुत्ने नै भए। मध्यरातमा सबै साथीहरु थाकेको अवस्था थियो। सबैजसो भालुको डरले गर्दा आफ्नो आफ्नो गाडी मै सुत्ने कुरो भयो। म लगाएतका तिन चार जना साथीहरु टेन्टको छेउमा बियर स्प्रे राखेर सुतियो। डर त थियो, तर टेन्टमा बस्ने रहरले बनबास छिरेको हामि यहि नै बेस भनेर चारैतिरबाट बन्द गरेर यसैमा सुतियो।
बिहानतिर टेन्टभित्रको अवस्था एकदम भयाबह थियो। भयाबह भालुको कारणले होइन कि साँधेको भटमासको कारणले। बल्ल बल्ल झ्याल खोलेर स्वास प्रस्वास सहज बनाइयो। कतिपय घुर्दै थिए बाताबरणको प्रबाह नगरी। उज्यालो नहुदै धेरैजसो साथीहरु घण्टा हान्न कुदिहाले। म लगाएतका साथीहरु कमल, तिलक, बिष्णु , विष्णुमणि, डिल्ली लागियो सरसफाई कार्यक्रममा। बिहान सबै नुन खाएको कुख्रा जस्तै भएको अवस्था थियो। तर एकदिन पुरै छुट्टी भएकोले त्यसको भरपुर सदुपयोग गर्नको लागि सरसफाई सकेर वाबमुन लेकतिर लागियो पानीमाथि मोटर चलाउने भन्दै।
एकैछिन तलाउको छेउछाउ घुमियो। मान्छेहरु थरि थरिका मोटर बोटमा कुदिरहेका थिए। कोहि जोडी काठकै डुंगामा थिए भने कोहि आधुनिक स्वचालित ढुंगामा। सबैको सल्लाह भयो एकैछिन भएपनि त्यो आधुनिक डुंगामाथि जलसवार गर्ने। एउटा मोटरबोट एक घण्टाको लागि दुई सय पचास डलरमा भाडामा लिएर पसियो तलाउ भित्र। १९.२ लामो र ६.६ चौडा क्षेत्रफल मा फैलिएको यो तलाउ अत्यन्तै सुन्दर थियो। लाइसेन्स एकजनाको राखेपनि सबैजनाले पालै पालो पानि मोटर चलाइयो। कति कति बेला साथीहरुको जोशले चिलगाडी उढाएझैँ हावामा कुदाउथे। 'जिन्दगि यतिकै पो हो कि' भन्ने पनि भैयो बेला बेला। जे होस् सबैले पालै पालो चलाईयो र मज्जा लुटियो। कता कता परिवारसंगै संगै भएको भए कति रमाइलो हुनेथियो भन्ने मनमा भइरह्यो। केहिदिन अघि सबै साथीहरु परिवार सहित गएका थियौ त्यहि तलाउको छेउ, तर अर्को पट्टि। त्यहाँ कुनै पनि भाडामा दिने मोटरबोट थिएन। बनभोज खायौ र फर्कियौ। त्यतिबेला बुढीहरुको गुनासो थियो "खै मोटरबोट चड्ने भनेको , हामीहरुलाई केटाकेटीहरु जिम्मा लगाएर आफु मस्ती गर्ने हो।" हुनपनि प्राय त्यस्तै भैदिन्छ जहाँ जादा पनि। त्यो दिनपनि हामीहरु त्यहाँबाट निस्केर भोलिबल खेल्न गएका थियौ । ऊतै हरायौ धेरैबेर।
तलाउबाट फर्कने बेला पोर्ट नजिकै मेरो पालो थियो मोटरबोट हाक्ने। तलाउभित्र जस्तै जोशै जोशमा चलाईएछ, धन्न बोट नै पानीको सतह भन्दा बाहिर गएर नठोक्किएको। अब कतै पैसो तिर्न पर्ने हो कि भनेर सबैको अनुहार मलिन भयो एकैछिन। मेरो त तलाउमा लिएको मज्जा एकैछिनमा लापत्ता भैदियो। केहीबेर पछि त्यो मोटरबोटको मालिकले चेक गरेपछि बल्ल ढुक्क भैयो। डिपोजिट राखेको पैसो फिर्ता लिएर हान्नियो घरतिर।

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home