Thursday, July 25, 2019

ऊ कैयौ पल्ट फिनिक्स झै
आफ्नै बिगतबाट बौरियो
ऐठनले घॉटि थिच्दा
खुट्टा तन्काएर ब्युझ्यो
मुर्ख सिंहले झै आफ्नै छाँया नचिन्दा
आफैलाई कैयौपल्ट हत्या गर्यो
पुन आफ्नै अस्तुबाट टाऊको उठायो
र शिखन्डि झै
लिङ्ग परिबर्तन हुने आशामा
भिष्मपितामहहरू मरेको हेर्दैछ।

लब्जावती झार झै चुम्रियको उसको अनुहार
एकान्तमा आफैसंग खिस्स हॉस्छ
खिया लाईसकेका दातहरूको बिचमा
सिन्को छिराएर आफ्नै बिगत कोट्याउछ
ओईलाइसकेका ऑखाका ढकनि खोल्छ
चाउरिएका गालामाथि खस्रा हत्केलाले सुम्सुम्याछ
तर छोड्दैन ऊ सकुनि पासा हान्न
र हराईरहने छ कैयौ युधिष्ठिरहरूलाई।

लिगलिगे दौडमा बलिष्टहरूलाई हराउदै
राज्यरोहणको उत्सब मनाईरहेको ऊ
ईतिहासको भर्याङबाट गर्ल्याम्म ढलेको बेला
दुर्योधन बनेर कर्णहरूलाई साथ लिदै
दिनदहाडै सभागृहहरूमा
सयौ द्रोपदीहरूको चिरहरण गर्दैछ
र यो देशका अर्जुन र भिमहरू
मुखदर्शक बनेर
द्राव्परयुगको कृष्णअबतार कुरिरहेछन्।



0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home