Monday, July 15, 2019

गुरुपुर्णीमा


सर्बप्रथम मेरी आमा मेरो सर्बश्रेष्ठ गुरु को चरण चुम्न मन थियो
उहाँले सिकाएको पहिलो शब्द 'बा'बा' भन्दै बाबालाई ढोग्न मन थियो
बाबाले मसाएको पाटीमा  कखरा सिकाउने सरलाई खादा ओडाउन मन थियो
कानमा पबित्र मन्त्र बाचन गरेर कर्म दिने गुरुलाई फूलमाला लाउन मन थियो
कन्यादान गरि घरबार जोडिदिने सासुआमा र ससुराबालाई देख्ने मन थियो
देउरालीमा भारि बिसाएर गित गाउने भरियालाई भेट्न मन थियो
थुप्रै थुप्रै गुरुहरुलाई सम्झन मन थियो आज
उहाँहरुले दिएको अमुल्य ज्ञानलाई सम्झन मन थियो आज।


पिठ्युमा बोकेर दिनभर कोदो रोपेकी मेरी 'आमा'
रातदिन लेक बेसी गरेर नथाक्ने मेरो 'बा'
दिनभर हलो जोतेर घर फर्कदा पनि हिमाल झैँ हाँस्ने बन्सरीका काइला बा
ठट्टा गर्दै दिनभर घन ठोक्ने बालीघरे साइलोदाई
कत्तिपनि नझिजिकन फाटेको जाँय सिलाइदिने सेते दर्जी
संघर्षशिल मेरा दाजुहरु र भाउजुहरु
थुप्रै थुप्रै गुरुहरुलाई सम्झन मन थियो आज
उहाँहरुले दिएको अमुल्य ज्ञानलाई सम्झन मन थियो आज।


लेखनाथ , लक्ष्मी प्रशाद र भानुभक्त चिनाउने
सेक्सपियर,  मिल्टन र डेरिडा पढाउने
कविता, कथा र निबन्ध लेखाउने
हिज्जे , ब्याकरण र बर्णबिन्यास घोकाउने
मोनालिसा, महादेव र पार्बतिका चित्रहरु देखाउने
इतिहास, उपन्यास र काब्यहरु पढाउने
थुप्रै थुप्रै गुरुहरुलाई सम्झन मन थियो आज
उहाँहरुले दिएको अमुल्य ज्ञानलाई सम्झन मन थियो आज।









0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home