Friday, July 26, 2019

निर्दोश यि ऑखाहरू

संसारको पल्लो कुनामा बसेर
लाटोकोसेरो झै रातभर जाग्दै गर्दा
फेसबुकको भित्तामा टॉसियका
अनगिन्ति चित्रहरूको भिडमा
मेरै देश खोजिरहन्छन्
हरपल हरपल
यि निर्दोश ऑखाहरू

झोक्रायको अनुहारबाट
बनावटि मुस्कान छर्दै
“हाई, हाउ आर या” भन्दै गर्दा
धौलागिरि झै हॉस्ने
मेरै छरछिमेकी, ईष्टमित्र,दाजुभाईहरूको
अनुहार खोजिरहन्छन्
निर्दोष यि ऑखाहरू

घन्टा घन्टामा डलरको हिसाब गर्दै गर्दा
रूपियामा मेटामोर्फिस हुन्छ समय
भुगोलको परिधी नाघेर
अलग्गै पहिचान बनाऊने यात्रामा
कैयौ पल्ट आफैलाई बिर्सिदिन्छ समय
र भित्ता भित्तामा टासियका रंगिन चित्रहरू बिच
आफैलाई खोजिरहन्छन्
निर्दोष यि ऑखाहरू

लेउ लागेको चट्टान जस्तै
चिप्ला सडकहरूमा बिस्तारै टेक्दै गर्दा
माकुरोको जालो भित्र फसेजस्तै लाग्छ
चिम्नीले जस्तै धुवा छोड्दै
एक एक पाईलाहरू घिसार्दै
गोब्रेकिरो झै छातिभित्र सपना च्यापेर
ढलपल ढलपल हिड्दै गर्दा
ढोरपाटन र धौलागिरीका पदमार्गहरू
खोजिरहन्छन्
निर्दोश यि ऑखाहरू

तार छुटेको सितार
र सुरताल भत्कियको सारङ्गि झै
कामको भाषा बोल्दै गर्दा
भाब र भाषाको मेल कहिल्यै भेट्दिन म
तब पॉऊछु आफैलाई रित्तो रित्तो
मकैबारिमा ठिङ्ग ऊभिएको
स्केयरक्रो झै एक्लो एक्लो
ठिक त्यसैबेला लालहित भैदिन्छन
मेरा ऑखाहरू
मुनामदन र भक्तिमालाका स्लोकहरू खुट्याउन।




















0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home