दशैँ
रातो माटो र कमेरो बोक्दा
घर चौकोस सरसफाई गर्दा
बाटो खन्ने झारा तिर्न जादा
स्कुलले पन्द्र पन्द्र दिनको बिदा दिदा
आउथ्यो मेरो दशैँ।
कोटमा बिहान बेलुका नगरा बज्दा
घर भित्र जमरा टुसाउदै गर्दा
दर्जी दाईले दलानमा बसेर मशिन खट खट पार्दै गर्दा
ठाउँ ठाउँमा चर्के पिङ्ग घुम्दै गर्दा
आउथ्यो मेरो दशैँ।
पल्ला घरका साईला दाईले लाउरको पाउर बाड्दा
घर घरमा खसी र बोका काट्दा
बाटो बाटोमा पाडा डोर्याउदै गर्दा
देउरालीमा टिनका बाकश टल्कदै गर्दा
आउथ्यो मेरो दशैँ।
बर्ष दिनमा नयाँ नाना लाउन पाउदा
दुइचार दिन भएपनि ढुक्क संग खेल्न पाउदा
गनेरै भएपनि दुइचारवटा चोक्टा थालमा पर्दा
किताब र होम्वोर्क लाई एउटा कुनामा थन्काउन पाउदा
आउथ्यो मेरो दशैँ।
रातो माटो र कमेरो बोक्दा
घर चौकोस सरसफाई गर्दा
बाटो खन्ने झारा तिर्न जादा
स्कुलले पन्द्र पन्द्र दिनको बिदा दिदा
आउथ्यो मेरो दशैँ।
कोटमा बिहान बेलुका नगरा बज्दा
घर भित्र जमरा टुसाउदै गर्दा
दर्जी दाईले दलानमा बसेर मशिन खट खट पार्दै गर्दा
ठाउँ ठाउँमा चर्के पिङ्ग घुम्दै गर्दा
आउथ्यो मेरो दशैँ।
पल्ला घरका साईला दाईले लाउरको पाउर बाड्दा
घर घरमा खसी र बोका काट्दा
बाटो बाटोमा पाडा डोर्याउदै गर्दा
देउरालीमा टिनका बाकश टल्कदै गर्दा
आउथ्यो मेरो दशैँ।
बर्ष दिनमा नयाँ नाना लाउन पाउदा
दुइचार दिन भएपनि ढुक्क संग खेल्न पाउदा
गनेरै भएपनि दुइचारवटा चोक्टा थालमा पर्दा
किताब र होम्वोर्क लाई एउटा कुनामा थन्काउन पाउदा
आउथ्यो मेरो दशैँ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home