नथिया
सरास्वती प्रतिक्षाको उपन्यास "नथिया" नेपालको पश्चिमका केहि जिल्लाहरुमा छरिएर रहेका सिंगो बादी समुदायको कथा हो। यस उपन्यासकी प्रमुक पात्र सामालीको कारुणिक कथा उसको मात्र कथा हैन। यो कथा बादी महिलाहरुले बर्षौ देखि भोग्दै आएको सिंगो इतिहाँस हो। पहिलो महिनावारी हुनासाथ बादी चेलीबेटीहरुको नथिया खोल्ने परम्परा हुदो रैछ। यसै अन्तर्गत उसको रुपको आधारमा बढी बढाऊमा आसपासका देखि लिएर टाडा टाडा सम्मका मान्छेहरु नथिया खोल्न अर्थात् उसको भर्जिनिटी तोड्न तछाड मछाड गर्दा रहेछन। शहरबजारका ठुला ठुला शाहुमाहाजन देखि अफिसका ठुला ठुला कर्मचारीहरुले रयाळ काट्दा रहेछन। बिचारा ति अबोध बालिकाहरुलाई झुक्याई झुक्याई उनीहरुको घरसम्म पठाइदो रहेछ, र जबर्जस्ती करणी गरिदो रैछ।
सामाली कुनैपनि हालतमा धन्दा गर्दिन भनेर अठोट लिएकी केटिलाई उसकै आमाले झुक्याएर बेखामान साहुको घर पुर्याउछे, र बेखामान साहुले जाँड खुवाएर बेहोस बनाई उसको नथिया तोड्छ। उता परिवारमा यसलाई उत्सबको रुपमा खुसियाली मनाईन्छ। नाथिया तोडेको कैयौ दिनसम्म सामाली रगत बगेर थला पर्छे। तर ग्राहकहरु भने नाथिया तोडेको थाहा पाएपछि दिनदिनै उसैलाई खोज्दै आउछन। उसलाई अनुहारमा अंगार दलेर बस्दा सम्म उसको शरीरप्रति रयाळ काड्नेहरुको कमि हुदैन। परिस्थितिको भुमरीमा फस्दै जाँदा सामाली धन्दा नगरी सुखै पाउदिन। पैसाकै बलमा रेन्जरले बिहेको बाहाना गरेर आफ़ुबस्ने सरकारी कोठामै लगेर राख्यो, र मनपरी बलात्कार गर्यो। उसले छोडेपछि उसैको सन्तान बोकेर पुन आफ्नै झुपडीमा धन्दा चलाउन फर्की सामाली। सामाली संग जति ग्राहकहरु आउथे, उनीहरु धेरैजसो पुलिसका हवल्दार देखि लिएर, सरकारी कार्यालयका हाकिमहरु, राजनैतिक नेताहरु र शहरका ठुल्ठुला ब्यापारी सम्म आउथे।
नाथिया सम्पूर्ण बादी महिलाहरुको बाध्यता को कथा हो। हाम्रो समाजमा ब्याप्त अन्धबिस्वासको परिणाम हो। बादी हरुले छोएको जमिन बाजो हुन्छ भन्ने अन्धबिस्वसका साथ उनीहरुलाई कृषिबाट अलग गरेर बेस्याबृदीमा लगाउने परम्पराको उपज हो।
बादीमहिलाहरुको बास्तबिक घटनालाई उनीहरुकै भाषा र सैलीमा समेट्ने प्रयाश गरेकी छन् सरास्वती प्रतिक्षाले। किताब लेखनशैली भन्दा पनि लेखकले बिषयबस्तुप्रति न्याय गरे जस्तो लाग्यो।

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home