रसिदा
रसिदा। जस्तो नाम उस्तै रुप। हल्का काली काली, चिल्लो अनुहार, इवोरी जस्तै चम्किला सेता दात टम्म मिलेका केराउका दाना जस्तै। न लामो न छोटो सलक्क परेको नाक र ठुलो निधार। कर्लि कपालमा हल्का रातो कलर लगाएकी। इस्टायलिस।
हाँस्दा दाहिने पट्टिको गालामा सानो खाल्टो पर्ने। मिनाक्षीका जस्ता ठुला र सुन्दर आखाँ। छाती पनि के बिधि मिलेको हो। पुट्ट पुट्ट उठेका स्तन र सपक्क परेको पेट। छिनेको कम्मर। कुदेर्रै बनाए जस्ता पुठा हिड्दा फर्लक्क फर्लक्क फर्किने। जतिबेला पनि मुस्कानले पोतिएको अनुहार। उसलाई हेर्दा यस्तो लाग्छ कि ऊ जत्तिको खुसि यो दुनियाँमै कोहि छैन।
'क्यानेडियन डर्बी डे' अर्थात् घोडा दौड महोत्सब २०१८। अल्बर्टा प्रान्तको एडमन्टन शहरमा ११८ बर्ष देखि प्रत्यक बर्ष अगस्ट महिनामा भब्यताको साथ यो घोडा दौड प्रतियोगिता हुदै आइरहेको थियो। हजारौ मान्छेहरु यो प्रतियोगिता प्रत्यक्ष अबलोकन तथा बाजी थाप्न आउथे। परालले बुनेका ह्याट, चराहरुको प्वाखले बनेका आइरिस टोपीहरू र अनेकन फेसनयुक्त ड्रेस लगाएर महिला, पुरुष, केटाकेटीहरु घोडा दौड प्रतियोगिता हुने रिङ्ग बाहीर बसेर आफ्नो आफ्नो बाजी थापेको घोडालाई हुटिंग गर्दथे। घोडा कुदाउने जोकीहरु पनि निकै फुर्तिका साथ घोडाको दुवै पेटलाई खुट्टाले ड्याम ड्याम पार्दै कुदाइरहेक हुन्थे। त्यो दृश्य एकैसाथ संसारका दर्जनौ देशहरुमा प्रत्यक्ष प्रसारण भैरहेको हुन्थ्यो। उनीहरुले त्यहिबाटै बाजी थाप्दथे। यो अनोठो संस्कार भित्रको ठुलो ब्यापार पनि थियो घोडा दौड आयोजकहरुको।
जसरी रिङ्गमा घोडाहरु दौडिरहेका हुन्थे त्यहि गतिमा रसिदाको मनमा कुराहरु दौडेका थिए आज। रसिदा क्यासिनोभित्र बार टेन्डरको रुपमा काम गर्दथी। बारको छेउमा बाजी थाप्नेहरुको लागि कम्प्युटर राखिएको थियो। मान्छेहरु बाजी थाप्न भित्र आउथे र आफुलाई मन परेको घोडामा बाजी थाप्दथे। रसिदा उनीहरुलाई बियर, ह्विस्की, रम, वाइन डिमान्ड अनुसार सर्भ गर्दथी। मान्छेहरुको उन्माद र खुसीले उसलाई जिस्काइरहेको जस्तो लाग्दथ्यो। सधै अलि अलि जिस्केर बोल्ने रसिदा आज गम्भीर थिई। ऊ बारमा ग्राहक नभएको बेला, स्लाट मशिनमा जुवा खेल्नेहरुको लागि उनीहरुको ठाउमा पुगेर सोध्थी र अर्डर लिने र पुर्याउने गर्दथी। मान्छेहरु त्यहाँ राखिएका विभिन्न खाले कम्प्युटरहरुमा रात दिन जुवा खेलिरहेका हुन्थे। यिनीहरुमा प्रायजसो रिटायर्ड एकल पुरुष तथा महिलाहरु बढी देखिन्थे। ठुलो ठुलो रकमको जुवा खेल्नेहरु भने ब्याबसायिक जुवाडेहरु पनि थिए। आज उसलाई काउन्टर छोड्ने मन छैन। मान्छेहरु आफै बारमा आइरहेका थिए।
रसिदा किन खुसि थिइन भन्ने कुरामा धेरैजसो मान्छेहरु अनभिज्ञ भएपनि यहाँ नियमित आउने ग्राहकहरुलाई भने हल्का थाहा थियो। उनीहरुले महिनौ अघिदेखि सोध्ने गर्दथे,"यो क्यासिनो बन्द भएपछि के गर्छेस?" उसलाई यो प्रश्नले चसक्क घोच्दथ्यो तर पनि त्यो कुरालाई उसले सिरियस लिएकी थिईन उसले। नसोचिकनै भन्दिन्थि "अर्को क्यासिनोमा काम गर्छु। यो मात्र छ र यति ठुलो शहरमा।" तर आज न कसैले उसलाई सोधेको छ न कसैलाई उसले जवाफ नै दिनु परेको छ। तरपनि किन किन उसको मनमा ठुलै भुइचालो आएजस्तो भएको छ। घरि घरि दिमागमा भोलि के गर्ने, कहाँ नोकरी खोज्ने, नोकरी पाउने हो कि हैन जस्ता कुराहरुले भुमरी खेली रहेको थियो। लामो समयसम्म त्यहाँ काम गरेको हुनाले पनि उसलाई क्यासिनो छोड्न सारै दु:ख लागेको थियो।
क्यासिनोमा तिन तिन वटा बार काउन्टरहरु थिए। तरपनि उसको शरीरिक बनोट र मुस्कानले गर्दा सबैजसो ग्राहकहरु उसको काउन्टर मै झुम्मिएका हुन्थे। कसैले "केटा साथि छ कि छैन? " भनेर सोध्थे भने कसैले फोन नम्बर माग्थे।जसले जस्तो प्रश्न सोध्थ्यो उस्तै जवाफ दिन पनि आउथ्यो उसलाई। खुलेर हाँस्थी ग्राहकको अघि र भन्थी "मेरो केटा साथि छ।यदि तिमि ऊ भन्दा स्मार्ट छौ भने म सोच्न सक्छु। " फोन नम्बर भने कसैलाई दिदैनथि। यस्तो लाग्थ्यो कि गर्ल फ्रेन्ड होस् त रसिदा जस्तै होस्। रंग कालो भएपनि मन उज्यालो भएपछी अनुहार उज्यालो देखिदो रैछ। सुन्दरतामा लालित्य थपिदो रैछ। तर छालाको रंग सेतो भएपनि मन कालो हुनेको अनुहार कालो नै देखिदो रैछ। क्यासिनोमा काम गर्ने धेरै गोरी केटीहरु देख्नमा सारै राम्रा देखिन्थे। सेतो छाला, अग्लो कद , खुल्ला छाती र पारदर्सी कपडा। जति बेला पनि ओठ तनक्क तानेर 'हाई ' भन्ने। तर हाई काडीनसक्दै 'बाई 'भन्ने र पछि फर्केपछि थुतुनो बङ्गाउने। नौटंकी पनि कति जानेका हुन्छन गोरिहरु। रसिदा उनीहरुभन्दा फरक थि। उसले सबैलाई 'हाई ' भन्दै हिड्दिन्थि, तर उ संग कसैको आखाँ जुध्यो भने चै घायल नै पार्थी।
जोसुकै होस् या जतिसुकै बुढो होस् उसँग एकै छिन भएपनि जिस्किन चाहन्थ्यो। जब ऊ त्यहाँबाट हिद्थी सबै फर्की फर्की हेर्थे उसलाई।
धेरै जसो स्टाफहरु जागिर छोडेर नयाँ ठाउमा काम सुरु गरिसकेका थिए। तर रसिदाले क्यासिनोको ढोका खुलुन्जेल काम गर्ने सोच गरेकी थिई। उसले निकै दु:ख पाएको बेला भेटेकी थिई यो जागिर। यो जागिरबाट कमाएको टिप्सजति सबै घरमा आमालाई पठाउथी। इथियोपिया को जिजिका भन्ने ठाँउमा एक्लै बस्थि उसकी आमा। उसको बाउ सोमाली विद्रोहीको आक्रमणमा मारिएको थियो भने दुइवटा दाईहरु युद्धको बेला हराएका थिए। उसकी आमाले घर छोड्न मानिन। रसिदा भने पाँच बर्षको उमेरमा उसको अङ्कलले सरणार्थी कोटामा क्यानाडा ल्याएर आएको थियो। यतै इस्कुल पढेकी थिई रसिदाले। आफुले कमाउन थालेदेखि नियमित आमालाई पैसा पठाउथि उसले। समय मिल्नासाथ घन्टौ कुरा गर्थी आमासँग । इथियोपियामा राजनीतिक स्थिरता आइसकेकोले गर्दा उसकी आमाले घर फर्कन खुब आग्रह गर्दथी। तर भने जति सजिलो थिएन फर्केर जान रसिदालाई। एक्लै भएपनि एउटा सानो घर किनेकी थिई एडमन्टनमा। यहि जागिरबाट महिनावारी बन्धक अर्थात् मोर्ट्गेज तिर्दथी बैंकलाई। घरखर्च चलाउथि। यो सबै छोडेर जान भनेजस्तो सजिलो थिएन। शरणार्थी भएर आएको हुदा आफ्नो देश फर्कन पनि मिल्दैनथ्यो। प्रत्यक महिना आमालाई खर्च पठाउथि। क्यासिनो बन्द हुनासाथ उसको जागिर पनि संगै बन्द हुनेवाला थियो। अर्को जागिरको टुङ्गो नहुदा सम्म उसलाई ठुलो तनाब थियो।
उमेरले तिस वर्ष टेक्ने बेलासम्म कैयौ केटाहरुले प्रेमको नाटक गरेर रसिदा संग संगै बस्ने प्रयत्न गरे। तर उसको मन जित्ने एकदमै कम भेटिए। ति मध्यको एउटा थियो डेबिड। सोमालियाको गृह्ययुध्यको बेलामा सरणार्थीको रुपमा क्यानाडा छिरेको ऊ सोमालियन क्युसिन चलाउथ्यो डाउनटाउनमा। रसिदालाई वेटरको रुपमा काममा राखेको थियो केहि वर्ष अगाडी। डेबिड निकै मेहनेती केटा थियो। उसको रेस्टुरेन्ट पनि राम्रो संग चलेको थियो। उसका ग्राहकहरु प्राय इथियोपिया, इरित्रिया, सोमालिया, जिबुटि देशका हुन्थे। बयस्क केटाहरु रसिदालाई देख्न साथ मोहित हुन्थे र हुक्काको धुवा संगै उनीहरुको कल्पना हावामा लहर्याउथ्यो। डेबिडलाई भने केटाहरु रसिदा संग जिस्केको मन पर्दैनथ्यो। उसले निकै चाहन्थ्यो रसिदालाई तर धेरै दिन सम्म भन्ने आँट गरेन। दिन दिनै केटाहरुले जिस्काउने र रसिदा पनि जिस्के जस्तै गरेर बोलेको देख्दा डेबिडलाई सहि नसक्नु भयो। तर पनि आफ्नो ब्यापार बढेको देखेर चित्त बुझाउथ्यो। रेस्टुरेन्टमा पाउनाहरु नभएको बेला काउन्टरमा बोलाउथ्यो, र केहि न केहि कुरा सोधी हाल्थ्यो ; काम कस्तो लागिराछ ? कुन कुन खाना बनाउन आउछ ? हिजो त्यो केटो संग के गफ गरेको ? पहिले चिनेको हो ? यस्तै यस्तै। ऊ पनि सबै प्रश्नको जवाफ दिन्थी खुरु खुरु। एकदिन एक्कासी हात समातेर आदेश दिएको सैलिमा भन्यो "तिमीलाई म माया गर्छु। अबदेखि अरुसंग जिस्किने हैन।" ऊ जिल्ल परि धेरै बेरसम्म। उसले त्यसरी भन्ला भनेर सोचेकी पनि थिइन। उ मुसुक्क हाँसी मात्र केहि बोलिन। भोलिपल्टबाट रसिदाले काम नै छोडी। कारण केहि होइन, उसले डेबिडको भनाईमा माया भन्दा बढी प्रभुत्व देखि। एक त ऊ क्यानेडियन परिबेशमा हुर्की। अफ्रिकनहरु महिलालाई आफ्नो कामचलाउ बस्तुको रुपमा प्रयोग गर्छन भन्ने बुझेकी थिई त्यसमा पनि नयाँ नयाँ आएका सोमालियनहरुले महिलालाई अलि ज्यादै हेप्ने गरेको पनि देखेकी थिई।
आज भने उसलाई त्यहि रेस्टुरेन्टको याद आयो। डेबिडले त "हक्की स्वरले माया गर्छु भनेको थियो, तर उसको शरीरमा हातले छुन सम्म छोएको थिएन। तर सबै अफ्रिकन पुरुषहरुलाई हेर्ने एकै दृष्टिकोण हुनाले उसले डेबिडलाई गलत बुझेजस्तो लाग्यो आज। केटो सक्षम थियो। आफ्नै ब्यबसाय चलाएर बसेको थियो। कुरै नबुझी जागिर छोडेकी थिई उसले। आज लाग्यो सायद उसंग बिबाह गरेको भए मालिक्नी भएर बस्न सकिन्थ्यो कि । भरै नहुने जागिरको लागि भौतारिनु पर्दैनथ्यो।
बाहिर घोडा दौडको मध्यम समय भएको थियो। सबैजना बारमा ओइरिन थालेका थिए । बिगतमा हराईरहेकी ऊ बुढो बुढो मान्छेको आवाजले झस्के जस्तै भई। एक पछि अर्को गर्दै मान्छेहरुको लाइन लामै भयो। कसैलाई बियर, कसैलाई कक्टेल, कसैलाई रेड लेबल, कसैलाई स्कच ,कसैलाई भोड्का दिदै गई। त्यति ठुलो भिडमा पनि नितान्त एक्ली थिई ऊ। कस्टमरलाई रक्सीको गिलास हातमा दिदै गर्दा उसको मन एकतमासले घरको मोर्ट्गेज तिर्ने कुरा सोचिरहेको हुन्थ्यो। कतिपल्ट त उसले भोड्कामा क्रेन्बेरि जुसको सट्टा रयास्बेरी जुस मिलाइदेकि थिई। धन्न कसैलेपनि कम्प्लेन गरेनन् या गर्न चाहेनन्।
सातौ नम्बरको घोडा दौड प्रतियोगिता शुरु हुन गैरहेको थियो। सबैजना हर्षउल्लासका साथ आफ्नो आफ्नो घोडाको समर्थनमा चिच्याइरहेका थिए। यो प्रतियोगितामा दशवटा घोडाहरु भाग लिइरहेका थिए। केटाकेटी, बुढाबुढी ,जवान सबै उफ्री उफ्री आफुले बाजी थापेको घोडाको नम्बर बोलाइरहेका थिए। तिन नम्बरको घोडा सबैभन्दा अगाडी पुगेको थियो। त्यो घोडाको मालिक थियो स्पेनिस। कालो कालो बर्णको हाइब्रिड थियो होला मान्छे तर उसको जोस खाट्टी क्यानेडियन थियो। बुरुक्क बुरुक्क उफ्रिन्थ्यो। नभन्दै तिन नम्बरको घोडाले दौड जित्यो। उसको घोडाले कम्तिमा पनि पचास हजार क्यानाडियन डलर कमाइ गर्यो । दुइ डलर बाजी थाप्नेहरुले पनि बिस डलर जिती हाले। आफ्नो घोडाले जितेपछि उ दौड्दै गयो क्यासिनो बारमा र भोड्का माग्यो रसिदालाई। धेरै जसो हार्ने उसको घोडाले आज दौड जितेकोले उ होशमा थिएन। पचास डलर टिप्स दियो रसिदालाई। सधै टिप्स पाउदा आँमालाई सम्झने रसिदाको मन आज झन् नराम्रोसंग झस्कियो। फिस्स हाँसी ऊ तर हाँसो थिएन उसको ओठमा। अर्को महिनाको घरको बन्दक कसरि तिर्ने? कामको लागि कहाँ कहाँ जानु पर्ने हो ? ' आमालाई बोलाउने योजना थियो उसको केहि महिनाको लागि भएपनि। तर आफ्नै जागिर अनिश्चित भएपनि चुप बसेकी थिई ऊ। यस्तै यस्तै के के सोच्दै थिई ऊ। सबैजना हुरुरु बाहिर जान्थे दौड सुरुहुने बेला, र पुन हुरुरु भित्र आउथे दौड सकियपछि। कोहि बाजी जितेर खुसि हुदै आउथे भने कोहि बाजी हारेर खिस्स पर्दै। जो जे अवस्थामा आएपनि उसले अर्डर बमोजिम रक्सि दिन्थी। उनीहरुको खुसि या दु:खले खासै केहि फरक पार्दैनथ्यो उसलाई।
आजको प्रतियोगिता यो बर्षको अन्तिम घोडा दौड थियो। अर्को बर्षदेखि घोडा दौड प्रतियोगिता शहरको पल्लो छेउमा लागिएको थियो। यहाँको बिजनेस अर्थात् क्यासिनो र घोडा दौड दुवै बन्द हुदै थियो। कतिपय मान्छेहरु बिहान नौ बजे देखि राति बाह्र बजेसम्म क्यासिनो को तल्लो तला र माथिल्लो तला गर्दै बिताउथे बर्षौदेखी। यसरि दिन काट्नेहरु प्राय गरेर बुडाबुडीहरु हुन्थे। सरकारले दिएको बुडौली भत्ता घोडामा दाउ थाप्दै सिध्याउथे। क्यासिनोको मुख्य फ्लोरमा रहेको रेस्टुरेन्टमा पाउरोटी र कफी खान्थे। नियमित आउने ग्राहकहरुको लागि छुटको ब्यबस्था गरिएको थियो। तिनै ग्राहकहरु बढी दुखि देखिन्थे आज। यस्तो लाग्थ्यो उनीहरुको घर अचानक आउने हावाहुरीको भुमरीले भत्काउदै छ। उनीहरु एकतमासले घोडा दौड हेर्दै थिए। सबैभन्दा ठुलो चिन्ता कि त यिनिहरुलाई थियो कि त रसिदालाई।
घोडादौड प्रतियोगिताको अन्तिम दौड शुरु हुदै थियो। मान्छेहरु सबै क्यासिनो बाहिर उभिएर आफ्नो आफ्नो घोडाको नम्बर चिच्याउदै थिए। काठ र बेतका कुर्चीहरु राखेर दर्शकहरु बस्ने ठाँउ बनाइएको थियो। सात नम्बरको घोडा सबै भन्दा अगाडी दौडिरहेको थियो। मान्छेहरुको भिडले जोड जोड संग हुटिंग गर्दै थियो। रसिदालाई अचानक छाती पोल्यो। चिट् चिट पसिना आयो। शरीर तातेर भुङ्ग्रो जस्तो भयो। ऊ त्यहि थचक्क बसी र आइस बकेट भित्र हात छिराई। अनुहारमा आइस दली। अझैपनि उसलाई सितल भएन। सबै कुराहरुलाई अध्यारो कपडाले छोपेजस्तो देखि उसले। क्यासिनो फ्लोरमा काम गर्ने कर्मचारीहरुले उसलाई उठाएर प्राथमिक उपचार गर्ने कोठामा पुर्याए। आपत्कालिन अवस्थामा उपचार गर्नको लागि केहि स्वाथ्यकर्मीहरु उपस्थित थिए। उनीहरुको टोलिले रसिदालाई नजिकैको अस्पतालमा पठायो उपचारको लागि। अस्पतालको आपतकालीन सेवामा रसिदाको डाइग्नोसिस गरियो। डाक्टरले मेडिकल रिपोर्ट तयार गरेर उसको कम्पनिलाई पठायो। रक्तचाँपको समस्या देखियता पनि तुरुन्त उपचार गरेकोले उसको ज्यान बाच्यो। उसले दिन दिनै जस्तो भबिस्यको चिन्ता लिने, नकारात्मक कुराहरु सोच्ने, खाना समयमा नखाने र राति अबेरसम्म काम गर्ने हुदा राम्रोसंग निन्द्रा नपुगेको कारणले गर्दा स्वास्थ्यमा नराम्रो अषर परेको थियो। बाह्र घन्टाको उपचारपछि घर फर्की ऊ । उता क्यासिनोमा यो घटनाले खासै कसैलाई पनि दु:खि गराएन। उसको ठाँउमा नयाँ बार टेन्डर आई। सुपरभाईजरले रिपोर्ट तयार पार्यो। त्यहाँ काम गर्दै गरेका बाहेक अन्य स्टाफलाई जानाकारी सम्म भएन।
डाक्टरले रसिदालाई काममा केहि दिनको लागि छुट्टी लिएर कुनै रमाइलो ठाँउमा घुम्न जान सुझाएको थियो। स्ट्रेसले दिमागमा नकारात्मक असर पर्ने र रक्तचाप बढाउने भएकोले यस्तो सुझाब दिएको थियो उसले।काममा नजादा स्ट्रेस घट्नुको साटो बढ्ने कुरा डाक्टरलाई के थाहा? भोलिपल्टै काममा गई ऊ। म्यानेजरले रसिदालाई आफ्नो अफिसमा बोलायो। उसको स्वास्थ्य भन्दा बढी उसले आफ्नो कुकुरको बारेमा बतायो। आफ्नो डिभोर्स गरेकी श्रीमतीले डिनरमा बोलाएको कुरा सुनायो। र अन्त्यमा अर्को महिनादेखि क्यासिनो बन्द हुने र सबै कर्मचारीहरुलाई हटाइएको कुरा सुनायो। रसिदाको हातमा पहेलो रंगको चिठीको खाम थमायो। यो कुराको जानकारी पहिले नै थियो रसिदालाई। खासै ठुलो झड्का लागेन उसलाई। म्यानेजरलाई 'बाई' सम्म नभनी तुरुन्त बाहिरिई र सरासर घर गई।
जन्मदिनमा कसैले दिएको वाइन थियो आल्मारीमा, झिकी। किचनबाट बियरको गिलास ल्याई र आधा गिलास खनाई । हिजो सम्म जागिर जाने डर थियो उसलाई। अब जागिर नै गैसकेकोले उसलाई अर्को जागिर नखोजी कुनै उपाय नै थिएन। कम्प्युटरमा पुरानो रिज्युमी खोजि। नयाँ कामको अनुभब थपी, र कभर लेटर तयार गरि। प्रत्यक दिन कुनै न कुनै बार तथा रेस्टुरेन्टमा अप्लाई गर्थी ऊ तर कसैले पनि सम्पर्क गरेनन् महिनौ सम्म। उसलाई घरको मोर्ट्गेज तिर्ने कुराले झन् धेरै सताउन थाल्यो। उसको आत्मबल घटेको थियो। आत्मबल कमजोर हुनाले कामको लागि जसरि लागिपर्नु पर्ने हो त्यसरी लागिन ऊ। उसलाई थाहा थियो चिन्ताले चितामा पुर्याउछ भन्ने कुरा, तर चिन्ता कहाँ कसले गर्छु भनेर हुन्छ र ? रसिदा झन् पछि झन् डिप्रेसनमा पर्दै गई। पछि पछि उसले कामको लागी अप्लाई गर्न छोडी। उसको मनोबल एकदमै कम्जोर बन्दै गयो। साथीहरुलाई फोन गर्न पनि छोडी। एक्लै एक्लै बस्ने, एक तमासले चुरोट तान्ने गर्न थालि। दुई दुई महिना सम्म घरको बन्दक तिर्न नसकेकोले गर्दा बैङ्कले घर लिलामी बिक्रीमा राख्यो। चौथो महिना ऊ घर छोडेर डेरा सरि।
रसिदाको यो हालत भएको कुरा डेबिडले थाहा पायो। रसिदाले उसँग काम छोडेको भएपनि उसले रसिदाको बारेमा जानकारी राखिरहेको थियो। ऊ रसिदालाई आत्मादेखि नै माया गर्दथ्यो। रसिदा 'एउटा गोरे केटो संग डेटिङ्ग जाने गरेको र एक बर्ष पछि उसलाई धोखा दिएको' कुरा कसैले सुनाइदिएको थियो उसलाई। उसलाई यो पनि थाहा थियो कि रसिदा प्रेममा हैन भ्रममा छे। यसरि भ्रममा परेर जिन्दगि बिगार्नेहरू धेरै थिए कालिहरु। गोरिहरु पनि काले केटाहरु रुचाउथे सेक्सको आनन्द लिनको लागि। वास्तविक प्रेम गरेर बिहे गरेका गोरे र काली तथा काली र गोरे कम थिए। एकदमै कम थिए भन्दा पनि हुथ्यो किनकि बिहे गरेकाहरुपनि एक दुइ बर्षमै डिभोर्स गर्दथे।
एकदिन डेबिड 'आकासिय ड्राई रेड' बोकेर रसिदाको कोठामा पुग्यो। उसले बिना जानाकारी आएकोमा क्षमायाचना गर्यो सुरुमै। ऊ आफैले पत्ता लगाएको थियो रसिदा बस्ने घरको ठेगाना। रसिदाको शरीर अत्यन्त कमजोर भैसकेको थियो। उसले डेबिडलाई चिन्दा पनि चिनिन शुरुमा। डेबिडले बिगतको कुरा सम्झाउदै आफ्नो परिचय दियो। उसको परिचयले रसिदा छक्क परि। उसलाई बिश्वास नै लागेन उसको अगाडी सोफामा बसेको मान्छे डेबिड नै हो भन्ने। शुरुमा नसोधी आएकोमा रिस पनि उठ्यो उसलाई। मन र मस्तिष्कको बीच द्वन्द चल्यो केहीबेर। मनलाई स्विकारी उसले। धेरै बेरसम्म उनीहरु बिगतका कुराहरु गरे। अन्त्यमा डेबिडले रसिदालाई भोलिपल्ट आफ्नो घरमा आउन निम्तो गर्यो।
रसिदा लागुपदार्थको सेबन गर्न सुरु गरिसकेकी थिई। डिप्रेसनले गलाई सकेको थियो।उसको अनुहारमा पहिलेको चमक हराइसकेको थियो। खुलेर हाँस्नको लागि आत्मबल रित्तियको थियो। सामान्य कुराले डिप्रेसनमा गएकि थिई ऊ। जागिर आज नभए भोलि हुन्थ्यो। उसले अप्लाई गर्न छोड्नु हुन्थेन। तर उसलाई पहिले देखि नै मनमा डरले जरा गाडिसकेको थियो। नकारात्मक सोचले दिमागमा डेरा जमाई सकेको थियो। त्यतिमात्र होइन रसिदाको व्यक्तिगत जिबनमा पनि विभिन्न घटनाहरु घट्दै गए। जति जति उ आफुलाई बलियो बनाउन खोज्थी, परिस्थिति अलग भैदिन्थ्यो। सबैतिरबाट एक्लो महशुस गर्न थाली ऊ। त्यसैले त उ चुरोटको लतमा फसिसकेकी थिई। अघिल्लो दिन ड्रग्स लिनको लागि कोठाबाट निस्केकी पनि थिई ऊ। भेटिन कतै। आत्महत्या गर्ने सोच पनि आयो एकदिनभर । तर बेलुकापख आमाको फोन आयो। आँमासंग रोई बेस्मानी संग। त्यसपछि आमाकै लागि भएपनि आफु बाच्नु पर्ने निस्कर्षमा पुगेकी थिई ऊ।
डेबिड रसिदालाई पर्खेर बाहिरै बसेको थियो। रसिदालाई हातमै समाएर भित्र लग्यो। घरमा अरु कोहि पनि थिएनन्। लिबिंग रुममा दुइजना ओल्लो पल्लो सोफामा बसेका थिए। सामान्य कुराकानी पछि मौनता छायो। डेबिड रसिदाको रुप रंग हेरेर दङ्ग परेको थियो। के नै घटना घटेको थियो र उसको जिबनमा ऊ यति छिटो जिबनबाट हार खानु पर्ने? कैयौ होटेलमा भाँडा माझेर बल्ल बल्ल काम सिकेको थियो आफुले।कति दुख पायो कति, पछि त्यहि शिपले उसलाई मालिक बनायो। दुख के हो उसले राम्ररि चिनेको थियो। रसिदाको व्यक्तिगत कुराहरु त खासै धेरै जान्दैनथ्यो ऊ, जागिरकै कारणले यो अवस्थामा नपुग्न पर्ने हो जस्तो लाग्यो उसलाई। 'जागिरको लागि ऊ मेरोमा पनि एकचोटी आउन सक्थी ', उसले मनमनै सोच्यो। रसिदाको आँखामा ज्योति हराएको थियो। केहीबेरको मौनता पश्यात ऊ रसिदाको नजिकै गएर बस्यो र उसको ढाडमा हात राख्यो। 'रसिदा म तिमीलाई अझै पनि उति नै चाहन्छु जति त्यतिबेला चाहन्थे। बिगतका कुरा छोडौ। यदि तिमीले मान्छ्यौ भने म अहिले नै तिमीलाई बिहे गर्न तयार छु ', डेबिडले पूर्ण आत्मबलका साथ भन्यो। रसिदाको आखाबाट अनायासै आशु झर्न थाल्यो। सुक्क सुक्क गरेर रुन थाली। धेरै बेरसम्म केहि जवाफ दिन्छे कि रसिदाले भनेर पर्खिबस्यो ऊ, तर नाजवाफ थिई ऊ।
बेलुका दुबैजना खाना खान बाहिर निस्के। बेकरी लाइनको अफ्रिकन सफारी रेस्टुरेन्टको एउटा कुनामा बसे उनीहरु। जिबनको बारेमा खुलेर कुरा गरे। दुवै जनाले बिगतलाई खोतल्नु भन्दा बर्तमान र भबिष्य कै बारेमा कुरा गर्न चाहे। छिटै बिहे गर्ने सहमति पनि गरे उनीहरुले। राति दुबैजना डेबिडको घरमै बसे। दु:खको पहाड फोरेर जग बसालेको जिबनको घर साच्चीकै भब्य महल थियो। चारकोठा भएको यो घरको जमिनको सतहमुनि पौडी खेल्ने पोखरी थियो। पोखरीको वरिपरि आरामदाई कुर्चीहरु थिए। बैठक कोठामा आकर्षक बुट्टा भएको इथोपियन कार्पेट हालेको थियो। झरनाको अघिल्तिर एकैसाथ दुइवटा छोरा र छोरी बोकेकी महिलाको पेन्टिङ्ग झुन्डिएको थियो डाइनिंङ्ग टेबलको माथिपट्टी। खैरो रङ्गको छालाको सोफा निकै मिलाएर राखेको थियो उसले। त्यसैमा बसेर धेरैबेर सम्म गफ गरे उनीहरुले। रसिदलाई आफ्नो घरको सम्झना आयो। कति सपना साचेकी थिई त्यो घरमा उसले। जिबनभर कमाएको पैसा बैना हालेकी थिई। सबै स्वाहा भएको थियो। त्यो दिनपछि उनीहरु संगै बस्ने निधो गरे। भोलिपल्ट आफ्ना केहिजोर कपडाहरु र कागजपत्र बोकेर डेबिडको घरमा डेरा सरि ऊ।
अगस्ट महिनाको सोमबार दुवैजना नजिकैको चर्चमा गएर बिहे गरे। बिहे गरेको रात डेबिडले रसिदालाई लिएर कलिङ्गउड भन्ने ठाँउमा लग्यो। उसले रसिदालाई गाडीमा बस्ना साथ आँखामा पट्टि बाध्न लागाएको थियो। रसिदालाई उसको यो अप्रत्यासित आदेशले मनमा शंका पैदा गर्यो। एक ठाउँ पुगेपछि "आज हामि यहि होटेलमा हनिमुन मनाउछौ भन्दै" आफैले डोर्याएर घर भित्र पसाल्यो उसलाई । जब रसिदा ले आँखा खोलि उ झन्डै बेहोस भईन। त्यो घर बैकले केहि महिना अगाडी लिलाम गरेको रसिदा कै घर थियो। ति भित्ताहरुले उसलाई हेरेर मुस्कुराउदै थिए। सबै कुराहरु उस्तै थिए। डेभिडले घरको साँचो उसको हातमा राखिदियो। उसको आँखाबाट खुशीका आँशु बर्रर झरे। त्यो घर बैङ्कसंगबाट डेभिडको साथीले किनेको रहेछ। डेभिडले पछि थाहा पाएर रसिदालाई सर्पराइज दिनको लागि साथीसंगबाट आफुले किनेको थियो। सबैकुरा नाढाटि भन्यो उसले।
दिनहरु बित्दै गयो। उनीहरुले त्यो घरलाई भाडामा लगाएर डेभिडकै घरमा बस्न थाले। रेस्टुरेन्टको ब्यापार झन् पछि झन् राम्रो हुदै गर्यो। वेस्ट एडमन्टन मलको नजिकै अर्को साखा रेस्टुरेन्ट खोले। डेभिडले डाउनटाउनको र रसिदाले नयाँ खोलेको रेस्टुरेन्ट ब्यबस्थापन गर्न थाले। उनीहरुले नयाँ स्टाफहरु थपे। अत्यन्त ब्यस्त भए दुवैजना। ग्राहकहरुको संख्या दिन प्रतिदिन बढ्दै गयो। रेस्टुरेन्टको मेनुमा अफ्रिकन खानाका प्रकारहरु सबैजस्तो अटेको थियो। फुर्तिला इथोपियन केटीहरुले ग्राहकहरुलाई खाना सर्भ गर्थे।त्यसैले पनि उसका ग्राहकहरु बढेका थिए झन् पछि झन्। कावा खानेहरु र हुक्का तान्नेहरु राति अबेरसम्म बस्थे। रेस्टुरेन्टको आम्दानि पनि राम्रै भयो। दुई बर्ष भित्र एउटा घरको ऋण सबै तिरेर उम्के उनीहरु।
जाडो सिजनको अन्तिमतिर उनीहरुले रेस्टुरेन्टमा स्टाफ बढाएर आफुहरु छुट्टी मनाउन जाने तयारीमा थिए। स्टकहोमदेखि बर्जेन सम्मको पन्द्र दिनको यूरोपका आठवटा देशहरुको सामुन्द्रक अचानक संसारभरी डरलाग्दो रोगको महामारीको खबर आयो। पानीजहाजमा यात्रागर्ने
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home