Monday, June 3, 2024

हिजो एक नेपालीको कार्यक्रममा सुरबीर काकासंग भेट भयो। उहाँसंग मेरो भेट करिब चार पाँच बर्ष  पहिले एउटा पिकनिकमा भएको थियो। उहाँलाई देख्नासाथ मैले  चिने र  नमस्ते गरे। उहाँले चिन्नु भयो भएन, तर नजिकै आएर सन्चो बिसन्चो सोध्नुभयो। गहुगोरो अनुहार, पातलो र होंचो शरीर। 

"बुवाले यस्तो ठाँउमा अर्कोपल्ट त मरिजाम आउदिन भन्नु भएको थियो। फेरी फर्केर आउनुभएछ", मैले हाँस्दै सोधे। 

"बाबुले सम्झिनु भएको रहेछ। भनेको त हो बाबु तर नेपालमा पनि एक्लै परियो। उहाँ भएको अर्को छोरो पनि हिड्यो अम्रिकातिर। हामि बुढा बुढी एक्लै भयौ। आइयो यतै ," उहाँले भन्नु भयो। 

"ठिकै गर्नुभयो। आखिर बुढेसकालमा चाहिने भनेकै आफ्नो सन्तान हो। छोराले बोलाउदा किन नआउन पर्यो र? जहाँ बस्यो त्यहि रमाइलो, हैन त बुवा? ", मैले भने। 

"त्यहि त भन्नु पर्यो। अरु उपाए नभयसी । पहाडतिरका दमालीहरु पनि सबै मधेसतिर झरे।त्यहाँ पनि ओडार झैँ रित्ता घर कुरेर बसेका छन्। सबैका छोराछोरी विदेशतिर  हानिए। राज्यले पनि के गरोस्", उहाँले निधार खुम्च्याउदै भन्नुभयो। 

"त्यै त भन्नु पर्यो। राजनीति पनि त्यस्तै खराब छ। मान्छेहरुपनि गाँउघरमा बसेर दु:ख गर्न चाहन्नन। हामि आफै उछिट्टियर  यहाँसम्म  आइसकेपछि अरुलाई दोष दिने कुरो नै भएन", मैले भने। 

"त्यसै त भन्न पर्यो बाबु। जे गर्नु भयो ठिकै गर्नु भयो। अब त राजनीति सुध्रिन्छ कि, बिकाश फर्किन्छ कि भन्दा भन्दै हामि सुइकिने बेला भैसक्यो। एउटाले अर्कोलाइ गालि गर्या छ। हिलो छ्यापाछाप गरेको छ। यसरि कहिले देश बन्ला र ? "

'त्यै त ऐले त झन् युवाहरु सबै बाहिरतिर हिडेका छन्। खै के भन्नु। देश बनाउछौ  भनेर नयाँ नयाँ खोल ओडेर सत्तामा छिरेकाहरुको चर्तिकला पनि देखिहालियो। 

"त्यताको प्रभाब यता पनि देखे बाबु, मैले त। आखिर मान्छेहरु जहाँ पुगेपनि आफ्नो स्वभाब बिर्सदो रहेनछन्। ज्वाईका साथीहरुले कुरा गरेको सुन्छु, 'कहिले यो संस्थाले पैसा माग्यो, कहिले त्यो संस्थाले पिकनिक राख्यो। हैन जाबो एउटा पोखरीको छेउमा मौरीको चाका झैँ एकैठाउ गुजुमुजु भएर नेपालीहरु बसेको ठाँउमा किन चाइयो है यति धेरै संस्था? अचम्म छ !"

'मिलेर काम गर्न नसक्ने जन्मजात बानि हामी नेपालीहरुको जिन मै छ कि झैँ लाग्छ मलाइ पनि। तपाइलाई कतिको थाहा छ कुन्नि यहि टोरोन्टोमा मात्र करिब सत्तरी देखि असीको हाराहारीमा नेपालि संस्थाहरु छन् रे।'

'हैन के पो गर्छन यी संस्थाहरुले, बाबु ?'

सुरबीर काकाको प्रश्नले म वाक्क न बक्क परे। म आफै टोरोन्टोमा बसेको करिब चार पाँच बर्ष हुन लागिसक्यो। क्यानाडा पसेको त झन्डै दश बर्ष पो पुगिसकेछ। एकाध संस्थाहरु बाहेक अरुले के काम गरे भनेर मलाई समेत थाहा छैन। उहाँलाई झन् के को थाहा हुनु। 

'कसैले बर्षदिनको एकपल्ट पिकनिक आयोजना गर्छन। बुवाले सुन्नुभएको होला नि बार्बेक्यु, कुखुराको खुट्टा पोलेर खाने। त्यो पनि सानोतिनो आफ्नै दु:खजेलो  गरेर बसेकाहरुसंग पैसो  मागेर गर्छन। कसैले नेपालमा ओझेल पर्दै गएका कलाकारहरु बोलाएर कार्यक्रम राख्छन। त्यो पनि तिनैसंग सहायोग मागेर।'

'कलाकार ल्याउदा अरु मान्छेहरु पनि ल्याउछन रे त बाबु।  अनि तिनै मान्छेहरुले वकिलसंग मिलेर शरणार्थीको लागि निबेदन दिन्छन रे। नेपालमा माओबादीले उठिबास लाग्यो। मेरो बाउलाई मार्यो, कल्लाई बलात्कार गर्यो। मलाइ नेपाल बस्न एकदम खतरा भयो भनेर झुटा कथा बुनेर यताको कागज बनाएर पो बस्छन रे त बाबु।"

"होला बुवा, मैले पनि सुनेको कुरा हो। यहाँ मान्छेहरु अरुको चियो चर्चो गर्न निकै सिपालु छन्। आज फलानो यस्तो र उस्तो भनेर कुरा काट्छन । भोलिपल्ट उसैकोमा गएर भात हसुर्छन। अब क्यानाडा आउन चाहने मान्छेहरुको लर्को छ नेपालमा। लिगल बाटोबाट नसक्नेहरु यिनै बाटाहरु खोजेर आउने त हुन्। उनीहरु जति भन्यो त्यति तिर्न राजि छन्। यहाँ वकिलहरूले  झुटा कथा लेखेरै भएपनि उनीहरुको सपना पुरा गर्छन भने हाम्ले किन टाउको दुखाउनु फोकटमा।"

"टाउको दुखाएको हैन बाबु। मान्छेहरुसंग नैतिकता भन्ने कुरा हराएछ भन्ने मात्र लागेको हो। कतै घर बेच्ने मान्छेले धोका दियो भन्छन। कतै इन्सुरेन्स हो कि के जाति बेच्ने मान्छेहरुले ठगे भन्छन। अस्ति भर्खर आएका बिद्यार्थी बाबुहरुलाई आफ्नै मान्छेले ताकेता गरेको गरै गरेर खोइ के जातिको सदस्य बनाए रे। मैले यति कमाए, फलानाले यति कमायो' भन्दै बाइस सत्ताइस कुरा गरेर फंसायछन्। ऎले विचरा भाडा तिर्ने पैसो समेत नेपालबाट ल्याउने स्थितिमा छ। भर्खर आएका बिद्यार्थीहरुको नेटवर्किंग पनि भइसकेको हुदैन। त्यस्तालाई जबर्जस्ति इन्सुरेन्समा भिडाएर कसरी हुन्छ भन्या। दुइ पैसाको लोभमा उनीहरुलाई झुटो आस्वासन किन दिने भन्ने मेरो कुरा हो बाबु। अरु मलाई कसैसंग केहि लेनदेन छैन।"

हाम्रो कुरा हुदाहुदै एकजना मित्र लुसुक्क घुसे। उसलाई देखेपनि हामीले  कुरकानी बिचमै रोक्यौ। उनि रहेछन सुरबीर काकाकै भतिजो पर्ने, फक्कडसिङ्ग । अजेक्सतिर हो कि त्यतै कतै बस्दा रहेछन। काकालाई नमस्ते ठोके। मसंग पनि हात मिलाए। हामीले परिचय गर्यौ। पहिले कतै भेट भएको रहेनछ हाम्रो। त्यहाँ उनले धाराप्रवाह आफ्ना प्रगतिका कथा सुनाउन थाले। कुरैकुरामा दुइचारवटा घर जोडेको, संस्थाहरुलाई सहयोग गरेको कुरा समेत गर्न भ्याए। सुरबीर काकाले खासै चाँसो दिएर सुनेजस्तो पनि लागेन। 

" तपाइहरु कुरा गर्दै गर्नुस म हिंडे ", भनेर म निस्के। 

भोलिपल्ट तिनै काकासंग पार्कमा भेट भयो। एकैछिन चौरमा बस्यौ। मैले अगिल्लो दिन भेट भएको मान्छेको बारेमा के कसो भनेर सोधे। निकै प्रगति गरिसकेको रहेछ हामिसंगै आएको मान्छेले भन्ने लाग्यो। 

"त्यो मान्छेको कुरा नगर्नुस बाबु। नाताले भतिजो परेपनि मान्छेको भाँडो हैन। नेपालमा परिवार बिचल्लीमा पारेको छ। दुइटा दुइटा छोराछोरी भएको मान्छेले यहाँ आएर अर्कै केटीसंग सल्केछ। आफूमात्रै आयो। उनीहरुलाई बोलाउछ बोलाउछ भन्दा भन्दै त्यतिकै बितरा पार्यो। कुन इन्डियन  दलालसंग मिलेर मान्छे ल्याउछ रे। अनि त्यसका फुटानी। त्यो मु* पनि मान्छेको भाँडो हो। नैतिकता बिनाको पैसाले बिनासमात्र निम्त्याउछ बाबु। मेरो कुरा सम्झिराख्नुहोला", उहाँले भन्नुभयो। 

"बुवाको कुरा सही हो ", मैले भने। 

"घरको कारोबार गर्दा पनि के के जालझेल गर्छन रे त बाबु, हजुरलाई थाहा होला धेरै कुरा", उहाँले सोध्नु भयो। 

"अधिकांस नेपालीहरु जागिरे छन्। त्यो जागिरको आम्दानीले घरको लोन पास हुँदैन। त्यसपछि घर किनबेच गराउने एजेन्टहरुले मोर्गेज अर्थात् घरको लोन मिलाउने एजेन्टहरुसंग मिलेर झुट्टा कागजात बनाएरै भएपनि बैंकबाट लोन पास गराउछन। यसो गर्दा जागिर गरेर घर किन्न  नसकेकाहरूले पनि राम्रै घरमा बस्न पाउछन। अब के भनौ ? घरको ऋण जाबो त  तिस बर्षसम्म तिरिरहने हो। अहिले त धेरैले ब्याजमात्र तिरेर बसेका छन्। यसलाई जालझेल भन्नु कि, के भन्नु। यति नगर्ने हो भने यहाँ यति धेरै नेपालिहरु घर किन्नै सक्दैनथे।"

"कमाएको जति पैसाले  ब्याज मात्रै तिरेर त घरको ऋण कहिले कहिले चुक्ता गर्छन? जहिले काम काम भनेर कुदेको कुदै छन्। हप्तामा एकदुई बिदा हुँदा कहिले कहाँ गएर उफ्रेका छन् कहिले कहाँ। घरमा परिवारसंग कहिले समय बिताउने। कहिले घुम्न निस्कने। नेपाल जाने त कुरै छोड्नुस बाबु। मेरै ज्वाई नेपाल नगएको सात आठ बर्षजति भयो", भन्दा भन्दै उहाँलाई खोकी लाग्यो। "घाँटी पो मस्मसायो बाबु , भाँ अरुका कुरा काटेको भएर हो ", उहाँले ख्याक्क थुक्दै भन्नु भयो। "यहाँ त थुक्क नि डर लाग्छ बाबु। निकै घिन पो मान्दा रहेछन।" 

'कसैको कुरा काटेको हैनौ। यथार्थ कुरा गरेको हो। हामीले सधै नकारात्मक कुराहरु मात्र हेर्नु हुदैन भन्ने लाग्छ। थुप्रै सकरात्मक पक्षहरुपनि छन्। नेपालीहरु विभिन्न समाजको नाममा संस्था खोलेर 








0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home