हो आँमा भोलि बिहान घाँम झुल्किने छ
हो आँमा भोलि बिहान घाँम झुल्किने छ
हिऊ र तुषारोले कक्रक पारेको माटोमा
रापिलो घाँमका किरणहरुले
चुम्ने छन्
प्रेमको वर्षा हुनेछ
अनि आमा हजुरका कोखबाट
सयपत्री, गोदावरी र मखमली
लालुपाते, सूर्यमुखी र चमेलीहरु
फुल्ने छन्
हो आँमा भोलि बिहान घाँम झुल्किने छ।
अशिनाले झटारेका रुखहरुमा
फुल, भमरा र चराहरुले छोडेका हाँगाहरुमा
नयाँ नयाँ पालुवाहरू
गर्बमै बसेका कोपिलाहरू
निस्कनेछन्
नयाँ बिहानी हेर्नलाई
डाँफे, मुनाल र मयुरहरु
कुर्ले र तामे ढुकुरहरु
फेरी एकपल्ट
उफ्री उफ्री नाच्ने छन्
हो आँमा भोलि बिहान घाँम झुल्किने छ।
डरले गर्दा अन्डाभित्रै बसेका चल्लाहरु
गुड नछाडेका माउहरु
दुलाभित्रै बसेका सर्प र मुसाहरु
गुफाभित्रै बसेका सिंहहरू
ओडारभित्र लुकेका बाघहरु
वसिलो घाँस भित्र लुकेका अजिङ्गरहरु
कमिला र धमिराहरु
फेरी एकपल्ट
आहारको खोजीमा निस्कनेछन
हो आँमा भोलि बिहान घाँम झुल्किने छ।
भूकम्पले तर्सेका मनहरु
हावाहुरीले उडेका छानाहरू
बाडि पहिरोले बगाएका घरखेत
बन्दुकले छेडेका छातीहरु
युध्द्दले रित्तिएका काखहरु
भ्रस्टाचारिले लुटेका भकारिहरु
महामारीले रित्याएका बस्तीहरु
फेरी एकपल्ट
जोडिनेछन र भरिनेछन्
हो आँमा भोलि बिहान घाँम झुल्किने छ।
हिऊ र तुषारोले कक्रक पारेको माटोमा
रापिलो घाँमका किरणहरुले
चुम्ने छन्
प्रेमको वर्षा हुनेछ
अनि आमा हजुरका कोखबाट
सयपत्री, गोदावरी र मखमली
लालुपाते, सूर्यमुखी र चमेलीहरु
फुल्ने छन्
हो आँमा भोलि बिहान घाँम झुल्किने छ।
अशिनाले झटारेका रुखहरुमा
फुल, भमरा र चराहरुले छोडेका हाँगाहरुमा
नयाँ नयाँ पालुवाहरू
गर्बमै बसेका कोपिलाहरू
निस्कनेछन्
नयाँ बिहानी हेर्नलाई
डाँफे, मुनाल र मयुरहरु
कुर्ले र तामे ढुकुरहरु
फेरी एकपल्ट
उफ्री उफ्री नाच्ने छन्
हो आँमा भोलि बिहान घाँम झुल्किने छ।
डरले गर्दा अन्डाभित्रै बसेका चल्लाहरु
गुड नछाडेका माउहरु
दुलाभित्रै बसेका सर्प र मुसाहरु
गुफाभित्रै बसेका सिंहहरू
ओडारभित्र लुकेका बाघहरु
वसिलो घाँस भित्र लुकेका अजिङ्गरहरु
कमिला र धमिराहरु
फेरी एकपल्ट
आहारको खोजीमा निस्कनेछन
हो आँमा भोलि बिहान घाँम झुल्किने छ।
भूकम्पले तर्सेका मनहरु
हावाहुरीले उडेका छानाहरू
बाडि पहिरोले बगाएका घरखेत
बन्दुकले छेडेका छातीहरु
युध्द्दले रित्तिएका काखहरु
भ्रस्टाचारिले लुटेका भकारिहरु
महामारीले रित्याएका बस्तीहरु
फेरी एकपल्ट
जोडिनेछन र भरिनेछन्
हो आँमा भोलि बिहान घाँम झुल्किने छ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home