बिदेशमा
बोकेर ऋणको भारि गमक्क परेको छ मान्छे यहाँ
पुछेर आँशु अँध्यारोमा दिनभर नाचेको छ मान्छे यहाँ
हरपल हरक्षण सम्झदै हिजोका दिनहरु
सबवेका भिडहरुमा पनि हराइरहेको छ मान्छे यहाँ
घर घर भन्दै रातदिन खटेको छ मान्छे यहाँ
दुइचार घडेरी उतापनि जोड्न कसिन्छ मान्छे यहाँ
सुगर, प्रेसर, स्ट्रेस र डिप्रेसनको गोलि खादै
रंगी बिरंगी ब्रान्डेड गाडीमा हुइकियकै छ मान्छे यहाँ
रक्सीका ब्राण्डहरु खुब चल्छन छुट्टी भएको बेला
पैसाका कुरा खुब हुन्छन नसा चढेको बेला
नेपालकै राजनीति पार्टी पार्टीको रंग मिसाएर
पाखुरा सुर्काउछन सबै फुर्सत भएको बेला
पेटमा भन्दा पहिले फेसबुकमा हाल्छन मिठो पाकेको बेला
पाउरोरिमा जाम दलेर खान्छन सधै थाकेको बेला
बाह्र बाह्र घण्टा काम नगरी खानु छैन धेरैलाई
त्यै पनि घन्टौ कुरा गर्छन फोनमा समय मिलेको बेला
किनमेल गर्छन सबैजना बजारमा सेल लागेको बेला
फोटा खिच्छन सबैजना नेपालि भेला भएको बेला
अरुदिन कहाँको फुर्सद मिल्छ र हजुर
पार्क र समुन्द्र तट घुम्न निस्कन्छन लङ्ग विकेन्ड परेको बेला
किनमेल गर्छन सबैजना बजारमा सेल लागेको बेला
फोटा खिच्छन सबैजना नेपालि भेला भएको बेला
अरुदिन कहाँको फुर्सद मिल्छ र हजुर
पार्क र समुन्द्र तट घुम्न निस्कन्छन लङ्ग विकेन्ड परेको बेला
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home