परदेशमा कोरोनाले निम्त्याएको बिपद
हिजो बिहान देखि संकटकाल घोषणा भएको छ। जताततै कोरोनाको हल्ला छ। कोहि भन्छन चाइनाले संसारलाई डुबाउने भयो। कोहि भन्छन अमेरिकाले चीनमा भाइरस पुर्यायो र अहिले आफैतिर फर्कियो। कोहि भन्छन कोरोना को हल्ला मात्रै ठुलो हो रोग ठुलो हैन। सत्तरी काटेका बुडा बुडीहरु मात्र लान्छ कोरोनाले। जताततै सुन्यता छाइसकेको छ। जुनसुकै खबर हेरेपनि कोरोना कै खबर छ। यस्तो लाग्छ कि ग्लोबल इलेक्सन हुदैछ। संसारभर फैलिएको यो रोग मानसिक आतंक नै भैसकेको छ। चाईना मा यति हजार, इरानमा यति हजार, इटालीमा यति हजार मान्छेहरुमा रोग लागेको पक्का पक्कि भयो। यति मान्छेहरुको यहि रोगको कारणले गर्दा मृतु भैसक्यो। यिनै खबरहरु ब्रेकिंग खबर बनिरहेका छन्। मृतुको घोषणा गर्न तमाम देशहरु चुनाबको नतिजा घोषणा गरेजस्तै लाग्छ।
भुसको आगो झैँ भित्र भित्रै सल्किदै गैरहेको कोभिद १९ ले संसारभरका मान्छेहरुलाई आतंकित मात्र होइन अनिश्चित कालिन बन्दक पनि बनाइरहेको छ। हजारौ मान्छेहरु घरभित्रै बन्दक बनिरहेका छन्। शक्तिशाली राष्ट्रहरु अमेरिका, फ्रान्स, रसिया, चाइना जस्ता देशहरु बिरामी राख्ने बेड र भेन्टिलेटरको जोहो गर्ने काममा ब्यस्त छन्। सम्पूर्ण रास्ट्रका रास्ट्र प्रमुखहरु देश बासीको नाममा सम्बोधन गरिरहेका छन्। जनताहरुलाई घर घरमै बस्नको लागि अनुरोध गरिरहेका छन्। राष्ट्रको आम्दानि र आबस्यकता अनुरुप जनताहरुलाई सहयोगको बाचा पनि गरिरहेका छन्। रास्ट्रब्यापीरुपमा भैरहेको बन्दले गर्दा विश्वका शक्तिशाली रास्ट्रहरु हावाकावा परिरहेका छन्। एकातिर पुरा बिश्वमा आर्थिक मन्दी छाइरहेको छ भने अर्को तिर ति देशहरुको हेल्थ सिस्टममा ठुलो सुनामी आइपरेको छ।
धने एउटा सानो कम्पनिमा मेशिन अपरेटरको काम गर्छ। त्यहाँ काम गर्ने धेरै जसो स्टाफ एशिया र अफ्रीका बाट आएका मान्छेहरु छन्। धेरैजसो राम्रो संग अंग्रेजी बोल्न पनि सक्दैनन्। यो कम्पनिमा ग्रीक पिटा (रोटि) बनाइन्छ। यहाँ बनेका रोटीहरू क्यानाडा र अमेरिकाको विभिन्न सुपरस्टोरहरुमा पुर्याइन्छ। चाइनिजहरुको नाम उच्चारण गर्न सम्म गाह्रो हुन्छ। उनीहरु आफ्नो भाषामा मात्र बोल्दछन। तिनीहरु सबै रोटि तन्काउने र प्याकिङ्ग गर्ने काम गर्दछन। धेरैजसो इथोपियन केटाहरु सरणार्थीको रुपमा क्यानाडा आएका हुन्। तिनीहरु धेरैजसो पाँच सात जनाको ग्रुप एउटा सानो कोठामा बस्ने गर्छन। उनीहरु सबै जसो सार्बजनिक यातायातमा ट्राभल गर्ने हुनाले कोरोना सार्ने डरले गर्दा त्यहाँ काम गर्ने सबै जस्तो स्टाफहरु उनीहरु संग अलग अलग हुने गर्छन। एउटा तिब्बतियन सुपरभाजर छ। उ सधै जसो कोरोनको डरले एउटा कुनामा बस्ने गर्छ। बारम्बार हातमा सानिटैजर दल्ने र लाइजलले टेबल पुछने गर्छ।
फुन्चो इन्डियाको लद्दाकबाट क्यानाडा छिरेको झन्डै दुइ वर्ष जति भयो। सरणार्थी क्लेम गरेर बसेको छ। यो कम्पनिमा उसले काम गर्न थालेको दुई वर्ष जति भयो। उ जति बेला पनि कम्पनिको बारेमा र अरु स्टाफहरुको बारेमा गुनासो गरिरहेको हुन्छ।
"म्यानेजर साला चुतिया हें यार। खुदका फाइदा देख्ता है दुसरेका नही। बन्द करन चाइने न यार इस वक्त", फुन्चो रिसाउदै भन्छ बारम्बार। उ साथिहरुसंग एउटा सानो बेसमेन्ट अपार्टमेन्टमा बस्छ। क्यानाडाको सुखद भबिस्यको कल्पना गरि सरकारी जागिर छोडेर हिडेको फुन्चो, रेफुजी क्लेम गरेर बसेको झन्डै दुई बर्ष जति भएछ। उसको मुद्दा हेर्ने एउटा चाइनिज वकिल छ रे। अर्को महिना सुनुवाई हुन्छ। जागिर नछोड भनेको छ रे। सुनुवाई भयो भने पी आर लिएर आफ्नो गर्लफ्रेन्डलाई बोलाउने उसको धोको छ। लद्दाकमा हुदा सानै उमेरमा लामा बनेर गुम्बामा बसेको ऊ आध्यात्मिक कुराहरु धेरै जान्दछ। तरपनि किन हो किन उसको आनीबानि हेर्दा ऊ लामा थियो भन्ने कुरा पत्याउन पनि गारो हुन्छ। सलक्क परेका चाइनिज केटिहरु देख्यो भने तताएको
नौनी घिउ जस्तै पग्लिन्छ। अंग्रेजी बोल्न नजान्ने चाइनिजहरु आफ्नै भाषा बोल्ने केटो पाउदा त्यसै मख्ख थिए भने उसको हाउभाउले त उनीहरुलाई झनै मोहित पारेको थियो। आजभोली सबैले मास्क लगाएर आउने हुदा केटीहरुको मुस्कान देख्न नपाएर फुन्चो घायल नै भएको छ। आफु पनि मास्क लगाउन थालेको थियो तर केटीहरु देख्यो कि मास्क निकाली हाल्छ र कलेटी परेका दाँत देखाइहाल्छ। कोरोना भाइरसको पनि डर लाग्दैन उसलाई केटीहरु संग कुरा गर्न पायो भने।
लिली चाइनिज केटि हो। फुन्चो उसलाई अति मन पराउछ। लिलिका दाँतहरु ट्रयाक्टरको फाली जस्तै भित्र र बाहिर निस्केका छन्। तरपनि उ सलाई हाँसेको अति सुहाउछ। उसैको हाँसोमा लुत्पुतियका छन् धेरै जसो काम गर्ने केटाहरु। कसैलाई पनि निरास पार्दिन उसले। जसले जे भनेपनि मुसुक्क हाँसिदिन्छे ऊ। एकदिन अब्राहमले जिस्केर 'क्यान यु स्लिप विथ मि " भनेछ। उ मुसुक्क हाँसी रे। बिचरीलाई के भनेको हो थाहा हुन पर्यो नि। अब्राहमले गएर फुन्चोलाई सुनाएछ। त्यो दिनदेखि अब्राहम आउनै छोड्यो रे। खै के भयो फुन्चो र उसको बिचमा अरुलाई खासै थाहा नै भएन।
अब्राहम इथियोपियाबाट क्यानाडा छिरेको हो। उ पनि अहिले रिफुजी कोटामै छ। जापानको टोकियो युनिभर्सिटीबाट माइक्रो बाइलोजिमा पी एच डि गरेको हो रे उसले। होला पनि। क्यानाडामा ट्याक्सी चलाउने, उबर चलाउने, रेस्टुरेन्टमा भाडा माज्ने, सोपिङ्ग सेन्टरतिर सेकुरिटी गर्ने देखि झाडु पोछा गर्नेहरु थुप्रै पी एच डी होल्डरहरु छन्। क्यानाडा अध्यारोमा बोलेको बत्ति जस्तै हो। लाखौ लाख मान्छेहरु बिश्वभरिबाट बर्षेनी आउने गर्छन क्यानाडामा उज्यालो भविष्यको लागि। अनि कालान्तरमा बत्तिको तापले यतै बिलाउछन। आर्थिक रुपले केहि मान्छेहरु सफल पनि होलान। भौतिक सुख सुबिधा पनि भोग्लान। तर सधैभरि आफ्नो जन्मभूमिप्रतिको मायाले उनीहरुलाई चिमोटीरहेको हुन्छ। यहाँ आउने पहिलो पुस्ताले कहिले पनि आनन्दसंग परिबारसित समय बिताउन पाएको पनि हुदैन। बेला बेलामा मन्दिर खोज्दै पुजा गर्नु, इन्डियन ग्रोसरिमा मकै र कोदोको पिठो किनेर बेला बेलामा ढिडो खाने, चाडबाडमा साथीभाईहरु संग रमाइलो गर्ने गर्छन। तर यि सबै देखावटी क्रियाकलाप मात्रै हुन्। बास्तबिकता धेरै फरक छ। यो नेपालीहरुको मात्र होइन सबै आप्रबासीको समस्या हो।
अब्राहमसंग फुन्चोको झगडा परेर होला ऊ काममै आउन छोडेको। कानुनि रुपमा यहाँ कसैले कसैलाई धम्काउन मनाहि छ। तर पनि आफुसंग भएको आनी बानि छोड्दैनन धेरैले कानुनुको पन्जाभित्र नपर्दासम्म। अफ्रिकन कालेहरु धेरै त यहाँका जेलहरुमा छन्। कतिपयले पुलिश रिपोर्टमा क्रराइम रेकर्ड भएकैले गर्दा कतै पनि काम पाउदैनन। यिनीहरु नै धेरैजसो अनैतिक क्रियाकलापमा लागेका छन्। ड्रग्स, रेप, ब्रेक एण्ड इन्टर जस्ता घटनाहरुमा यिनीहरु नै एरेस्टेड हुन्छन।केहिदिन जेलमा बस्छन।पुन बाहिर निस्कन्छन। तिनै हर्कत दोहोर्याउछ्न। किन हुन्छ यस्तो ? जवाफ सरल छ। न त उनीहरुको परिवार हुन्छ, न समाज। न काम गरौ भन्दा कसैले जागिर दिन्छ न कुनै स्किल नै। खान पर्यो। कति दिन मागेर चल्छ। उनीहरुलाई न कानुनको डर न परिवारको डर, न समाजको नै डर। अनि घटनाहरु घटी रहन्छन। पब्लिक ट्रेनमा यौन दुर्ब्यबहार हुन्छ। कर्नर पशलहरुमा चोरी हुन्छ। कलेजका केटाकेटीहरुमाथि दिशा पिशाबले भरिएका बाल्टी घोप्ट्याइन्छ। कानुन छ। पालना गर्नेहरुपनि हुन्छन। जब मान्छेहरु एकपल्ट अफ ट्रयाक हुन्छ उसलाई पुन सहि बाटोमा ल्याउने कुनै कानुन हुदैन। त्यहाँ पुलिशहरुको जागिर हुन्छ। वकिलको जागिर हुन्छ। विभिन्न संघ संथाहरुको जागिर हुन्छ।
अब्राहमको जागिर गयो। भर्खर भर्खर काम सुरु गरेको हुनाले सरकारले दिने बेरोजगार भत्ताको लागि पनि ऊ योग्य भएन। काम नगरी न उसले घर भाडा तिर्न सक्थ्यो न खाना खान नै। आफैले रिफुजी क्लेम गरेको हुनाले सरकारले संरक्षण गरेको पनि थिएन। काम दिने मान्छेहरुका ढोका बन्द थिए। साना ठुला कम्पनीहरुले भटा भट कामबाट लेअफ दिइरहेका थिए। रेस्टुरेन्टहरु पनि टेक आउट मात्र खोलेका थिए। जताततै सुन सान थियो। यस्तो बेलामा जागिर मिल्ने कुरै भएन।
अब्राहमलाई कोभिद - १९ को भन्दा आफ्नो पेटको पिर ठुलो छ। कतैबाट राहत मिल्छ कि भनेर दिनभरी इन्टरनेटमा बसेर उपायहरु खोज्छ। तर कतै पनि केहि आधार भेट्दैन। एक हप्ता सम्म त घरमै बस्यो। कतै पनि गएन। उसको घरबाट फोन आउदा सबै ठिक छ। राम्रो छ। सुरक्षित छु भन्थ्यो।
तर खालि बसेको बेला उसको मन मस्तिक्स उही इथिओपियाको सानो गाँउमा पुग्थ्यो। उसको बाबा बैंकको जागिरे थियो। आमा स्कुलको शिक्षिका थिइन। दुवै जना शिक्षित भएकोले उनीहरुले छोराको पढाई लेखाईमा राम्रो ध्यान दिएका थिए। अद्दिस अब्ब युनिभर्सिटीबाट मास्टर्स गरेको थियो अब्राहमले। त्यसपछि जापानको टोकियो युनिभर्सिटीबाट पी एच दि। एकबर्षजति असिस्टेन्ट रिसर्चरको काम पनि गरेको थियो। त्यहाँ काम गर्दा उसलाई लाग्यो कि जापानिजहरु रेसिस्ट हुन्छन। किन किन उसलाई जापानमा एकछिन पनि बस्न मन लागेन। तर घर फर्के पनि उसका सबै जसो साथीहरु कोहि अमेरिका त कोहि क्यानाडा थिए। त्यसैले पनि उसलाई घर फर्कनु भन्दा अमेरिका अथवा क्यानाडा जाने सोच बनायो। फेसबुकमा क्यानाडा बसेका साथीहरु संग सम्पर्क बढायो। सबैले राम्रो हुन्छ यतै आऊ भन्थे। तर जाने पो कसरि ? उ उपायहरु खोज्न थाल्यो।
अमिरा उसको स्कुलको साथि थिई। अमिराको बिबाह जिबुटी देशको केटासंग भएको थियो। उनीहरु क्यानाडा बस्दै आएका थिए। अब्राहमले अमिरासंग सम्पर्क बढायो फेसबुकबाटै। अब्राहमलाई थाहा थियो अमिरा उसलाई निकै मन पराउथि। तर उ जापान गएपछि अमिराको सम्पर्क रिचार्ड संग भएको थियो। पछि दुवैजना क्यानाडा बसाई सरेका थिए।
अमिराले आफ्नो लोग्नेलाई मनाएर अब्राहमलाई भिजिट भिसामा क्यानाडा बोलाइ। क्यानाडा आइसकेपछि उसलाई कानुनि रुपमा बस्नको लागि जम्मा छ महिनामात्र थियो। त्यो अबधिमा अरु कुनै उपाए नभए पछि उसले शरणार्थीको लागि आबेदन दिएको थियो।
फुन्चो संग झगडा भएको दिन म्यानेजरले सिसिक्यामेराबाट सबै गतिबिधि हेरेको रहेछ। पछि फुन्चो र उसलाई बोलाएर घटनाको बारेमा अनुसन्धान गरेछ। जब अब्राहमले चाइनिज स्टाफलाई यौनिक दुर्ब्यबहार गरेको कुरा फुन्चोले बतायो, म्यानेजरले उसलाई स्पस्टिकरण दिन भन्यो। अब्राहम केहि बोल्न सकेन। म्यानेजरले तत्कालै उसलाई कामबाट निकाल्ने निर्णय गर्यो। अब्राहमको परिक्षणकाल पनि सकिएको थिएन। उसको जागिर गयो। तर फुन्चो भने पुरानो स्टाफ भएकोले वार्निंग मात्र पाएको थियो।
अब्राहम दिनदिनै जसो ट्रेन चढेर यता उता काम खोज्न भौतारिन थाल्यो। जताततै कामहरु बन्द भएकोले उसले काम पाएन। एकदिन उसलाई अचानक जोरो आयो। शुरुसुरुमा उसले टाइनोनल खायो। कसैलाई पनि बताएन। बिस्तारै बिस्तारै उसलाई सुख्खा खोकी लाग्न थाल्यो। उसलाई यस्तो लक्षणहरु देखा परेपछि साथीहरुले तुरुन्त हस्पिटलमा फोन गर्न सुझाए। उसलाई एकान्तबास बस्न भनियो। त्यो सम्भब थिएन उसको लागि किनभने ऊ चारजना अरु साथीहरु संग कोठा सेयर गरेर बसेको थियो। एक एक गर्दै उसका साथिहरुले आफै कोठा छोडे। तिनीहरु कता गए के गरे उसले केहि पत्तो पाएन। बिस्तारै बिस्तारै ज्वोरो १०४ डिग्री भन्दा माथि पुग्यो। सास फेर्न गाह्रो भयो। उसले ९११ मा फोन गरेर सबै बतायो।करिब चार घण्टामा एम्बुलेन्स आएर उसलाई लिएर गयो।कहाँ लग्यो ? के भयो ? कसैलाई पनि थाहा भएन। अब्राहम कोठामा कहिले पनि फर्केन। कोठा छोडेर भागेका साथीहरु पनि को कता गए कसैले थाहा पाएन।
अब्राहमलाई कोरोना संक्रमण भएको खबर उसले काम गरेको कम्पनीमा भुसको आगो झैँ फैलियो। सबैलाई अनिबार्य रुपमा क्वारेन्टाइनमा बस्न लगाइयो। कम्पनि पूर्ण रुपमा बन्द भयो। फुन्चोलाई पनि कोरोना भाइरस पोजेटिभ देखियो।अन्य स्टाफहरु कोहिपनि परिक्षणको लागि गएनन्। सबै घरमै बसे। फुन्चोले फोन गरेर आफुलाई पोजेटिभ देखिएको तर कुनै लक्षणहरु नदेखिएको कुरा धनेलाई सुनायो। धनेलाई कोरोना परिक्षण गर्न सुझायो। तर धनेले परिक्षण गर्न जाने आँटसम्म गर्न सकेन।
धने घरमै बसेर तातो पानि र बेसार पानि खान थाल्यो। उसले यो कुरा कसैलाई पनि भनेन। यदि उसले कसैलाई भन्यो भने आफु तिरस्कार हुने डर थियो। श्रीमतीलाई भने आफु बाहिर काम गरेर आउने हुनाले केहि समय अलग कोठामै बस्ने बताएको थियो। छोरा छोरी भने बाबा किन एक्लै बसेको भनेर हैरान पार्थे। करिब दश दिनपछि धनेले ज्योरो आएको महसुस गर्यो। चिट चिट पसिना छोड्यो। उसको होस् हवस् उड्यो। गर्दा गर्दै उसको श्रमती पनि खोकी लाग्न थाल्यो। अब भने उनीहरुलाई ठुलै डर लाग्न थाल्यो। उनीहरुलाई आफ्नो भन्दा छोराछोरी को पिर धरै लग्यो। यदि उनीहरु अस्पतालमा जानु पर्यो भने छोरा छोरी लाई कसले रेखदेख गर्ने। यो बेलामा आफ्नै मान्छेहरुले ढोका सम्म खोल्दैनन भने कसरि आएर उसका छोराछोरीहरुको सेवा गर्छन।
धनेले आत्मबल बलियो बनायो। आफुलाई ज्योरो आएपनि नाआएजस्तो गरि बस्यो। खानपिनमा ध्यान दियो। बिहान बेलुका योगा र ध्यान गर्न थाल्यो। छोराछोरीबाट टाढै बस्यो। धनेकी श्रीमतीलाई पनि खोकी बिस्तारै निको हुदै गयो। ज्योरो नआएकोले गर्दा खासै डराएकी थिइन ऊ। बेसार पानि खाएरै खोकी भगाई खोकीलाई ।
जति गर्दा पनि धनेको ज्वोरो घटेन। एकदिन साँझ एक्कासि उसको स्वासप्रस्वासमा समस्या देखा पर्यो। दम बढेजस्तो भयो। स्वास फेर्न गार्हो भयो। धनेले अब युद्ध हारेको महसुश गर्यो। उसले श्रीमतीलाई भनेर ९११ मा कल गर्न भन्यो। एम्बुलेन्सले धनेलाई लिएर गयो। धनेको स्वास्थ्य अवस्था गम्भीर भएकोले उसलाई तुरुन्त आई सी यु मा राखियो। फुन्चोले पनि त्यहि वार्डमा अन्तिम स्वास लिइरहेको थियो। दुबैजनाले एकअर्कालाई एक टक हेरे र अन्तिम पल्ट बिदा भए।
डाक्टरहरुले हर कोशिस गर्दा गर्दै पनि धनेले कोभित संगको लडाई हार्यो।हजारौ माइल्स टाडाको अपरिचित भूमिमा श्रीमती र दुइ छोरा छोरीलाई अलपत्र पारि धने सधैको लागि भगवानको प्यारो भयो। उसको लाश कता गयो। कसले दाहासंकार गर्यो कसैलाई पनि थाहा भएन।

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home