Monday, April 27, 2020

सुत्नमा छ मज्जा


आङ् तानेर सुत
खुट्टा तन्कायर सुत
खुट्टा खुम्चाएर सुत 
खुट्टा खापेर सुत
देब्रे फर्केर सुत
दाईने पल्टेर सुत
कहिले मुख छोपेर सुत
सिरानि च्यापेर सुत
मुत्र च्यापेर सुत 
कुम्भकर्ण झै सुत
बस सुत्नमै छ तिम्रो भलाई।

भाईरस जागेको बेला 
काम छोडेको बेला
सटर बन्द गरेको बेला
नाका बन्द भएको बेला
छिमेकी अन्धा भएको बेला
तिमि पनि ऑखा बन्द गर
बस यसैमा छ तिम्रो भलाई।

बर्षौ भयो 
तिमि राम्रोसंग नसुतेको
आरम भन्ने शब्द 
सुन्दै नसुनेको
राम्रो संग समयमा 
खान नपाएको
परिबारसंग 
संगै डिनर नखाएको
त्यसैले बेलैमा सुत
अनी उठ, खाऊ र आराम गर
बस यसैमा छ तिम्रो भलाई।

जाँगर चले तास खेल
दिक्क लागे चिरिप्प पार
चुलो छुदै नछोऊ
कपडा धुदै नधोऊ
केटा केटि भए हकार
फेसबुक चलाऊ
बुढीलाई फकाऊ
र मिठो मिठो खाऊ
सुत, ऊठ र आराम गर 
बस यसैमा छ तिम्रो भलाई।












0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home