Tuesday, April 28, 2020

रेल

रेल छुट्ने समय साझ :३० थियो।दुई घन्टा अगाडि नै चेक ईन गर्नु पर्ने। कोठा एक गते नै छोडिसकेका थियौ। हामि बुढाबुढी नै एकैपल्ट जबलेस होमलेस भएका थियौ। एक गते देखि नै हमि साथिको डेरामा बसेका थियौ। हतार हतार गरेर बजे ट्रेन स्टेशन पुग्यौ।साथि इबुराज थापाले हामिलाई लगेज माथिबाट तल झार्न र एयरपोर्टसम्म पुर्याउन धेरै सहयोग गर्नुभयो। सबै लगेजहरू उहॉको गाडिमा नअट्ने भयकोले एउटा उबर पनि बोलायौ।
करिब पॉच बजे लगेज चेक इन गर्यौ।नौ वटा लगेज पुग्यो। दुईवटा लगेजमा १५/२० एल बि जति धेरै भयो सामान। तर पनि पछि अतिरिक्त पैसा नलगाई सामान पठायो। त्यो मात्र हैन पछाडि थप दुईवटा लगेज पनि हालिदियो।
ट्रेन रेगुलर समयभन्दा करिब घन्टा ढिलो हुने सम्भावना थियो। लगेज पठाईसकेपछि अनिता नानीबाबुहरूलाई राधिकाको डेरामा पठाए। त्योबेला / घन्टा ढिलो हुन्छ भनेको थियो तर दश बजे अनिताहरू फर्किसक्दा समेत ट्रेन आईपुगेको थिएन। ट्रेन ब्रिटिश कोलोम्बिया देखि आउदै थियो। दश बजे बल्ल एडसन तिर घिस्रिदै थियो १५/२० को स्पिडमा। 

बिनलादेन झै छुस्स दाडि पालेको सेक्युरिटी खिस्स पहेला दात देखाउदै नजिकै आयो। आफैले भन्यो, “ रेल आइपुग्न करिब / घन्टा जति लाग्न सक्छ।कहिलेकाहि बिहान सात बजे तिर पो आईपुग्छ। केहि बोलिन। बुढिलाई नानी बाबुहरूलाई लियर सुत्न जाउ भने तर उनिहरुले मानेनन्। त्यसपछि बिष्नु, राजु भएर बिष्नुको डेरामा गइयो।फापरको रोटि मम खाईयो पुन एघार बजेतिर स्टेसन पुग्यौ। रेल अझै आएको थिएन। साघरो वटिग्ङ रूममा मान्छेहरू खचाखच थिए। सुत्ने जस्तो ठाऊ थिएन। नानि ममीको काखतिर सुति। बाबु करिब चार पाच इन्च चौडा बेन्चमा सुत्यौ। 

बिहान बजेतिर ट्रेन आईपुगेको खबर दियो। मान्छेहरू लाइनमा उभिन थाले। हामि पनि आफ्नो झिटिगुन्टा सबै उचालेर लाईनमा उभियौ। अब बोर्ड गर्ला भनेको रेलवे स्टेशनको कर्मचारिले अझै २०/३० मिनेट लाग्ने भएकोले पुन आआफ्नो शिटमा बस्न भन्यो। केहि त्यहि उभिए। केहि कुर्चितिर फर्के। तर कसैले एक शब्द पनि कम्प्लेन गरेनन्। अधैर्य भएर टिकटको पैसा फिर्ता मागेनन्। सरकारलाई गालि गरे काउन्टरमा गएर कर्मचारिहरूलाई थर्काए। सबै हाॉसि हॉसि रेल कुरे। सेक्युरिटिले झोला चेक गर्न सुरू गर्यो। सबैले झोला खोलेर सहयोग गरे। अर्कोले गल्ति गर्दा आफैलेसोरि सोरिभन्दै क्षमा माग्ने क्यानेडियनहरुको त्यो धैर्यता देखेर मैले मेरो देश सम्झे, बाटोमा गाडि बिग्रिएर बनाउन लाग्दा आधा घन्टा कुर्न नसकेर ड्राईभर संगै झगडा गरेर बसभाडा फिर्ता मागेर अर्को बस चढ्ने। सिट नभए छतैमा चढ्ने मेरै दाजुभाईहरूलाई सम्झे। बास्तबमा सबै समस्याहरूको मुल जरो त्यहाको कानुन नियम कानुनलाई अक्षरस पालना नगर्ने हामि नै हौ कि जस्तो लाग्यो। गल्ति आफुले गर्ने दोश जति सबै अरूमा थोपार्ने बानि, अधैर्य स्वभाबले गर्दा हामि नेपालिहरू धेरै एकआपसमा बिनासित्यै झगडा गरिरहन्छौ। हामि बिनाकारण निउ खोजेर ग्रम्पि भएर बसिरहेका हुन्छौ। यो रातभरिको कुराईले रातभर हॉसेर जहॉको त्यहि बस्ने, अरुलाई डिस्टर्ब हुन्छ भनेर सुस्त सुस्त बोल्ने क्यनेडियनहरुले मलाई धेरै कुरा सिकाए। 

करिब बिहानको चार बजेतिर रेलभित्र छिरायो मान्छेहरू। सबभन्दा अगाडि तिन, चार जनाको परिबारलाई पठायो।  कोहि हतारिदै लाईन मिचेर अगाडि गए, न होहल्ला नै गरे। एक एक गर्दै  सबैजना चढे रेलमा। हाम्रोलागि चारजनाको शिट रिजर्ब गरेको थियो।ठुलाठुला फोल्डिङ्ग सिट जोडेर बेड बनाउन मिल्ने खालकै थियो। बस्नासाथ  ब्लाङ्केट झिकेर पल्टीहाल्यौ भित्र सबैजना शान्तसंग आफ्नो आफ्नो  सिटमा बसे। कसैले पनि टाठो गरि बोलेनन्। चुपचाप।सबै सुते। 

बर्षौ पहिले गोरखपुर देखि बम्बई रेल यात्राको याद आयो। चालुको टिकट काटेका थियौ। रेलभित्र छिर्ने बेलामा झ्यालबाट झोला भित्र फालेर भेडा बाख्रा झैँ छिरेका थियौ। जताततै मान्छे खचाखच, माथि माथि बाँदर झैँ झुन्डिएर टोइलेट जानुपर्ने। टि टि भित्र छिर्दा एकहुल टोइलेटभित्र  छिर्थे भने अर्को हुल सिटमुनि कुकुर बिरालो झैँ घुस्थे। ठाउँ ठाउँ मा ट्रेन रोक्दा असिना पशिना हुदै हुल का हुल चिच्याउदै भित्र छिर्थे," चायाग्राम चायाग्राम" ये मे एक्के ब्रे ' गर्मा गरम चपाती " अहिले सम्झिदा लाग्छ त्यो रेलको डिब्बा बाख्राको खोर भन्दा खासै फरक थिएन। बाख्रा चुप चाप बस्छन तर त्यहाँ त हल्ला र खल्ला मात्रै थियो सुंगुरको खोर भित्र बिरालो छिरेजस्तो।ठाँऊ ठाँऊमा पुलिश छिर्थ्यो र ड्याम ड्याम ढाडमा लट्ठी बजार्दै पैसो उठाउथ्यो। पहिलो पल्ट लाहुर हिडेको म चक्ख,दङ्ग र छक्क एकैचोटी परेको थिए। 

बिच बिचमा ट्रेन रोक्यो २०/३० मिनेट जस्तो। सि एन ट्रेनको ट्राफिक क्लियर गर्नको लागि भनेर बिच बिचमा रेल रोक्दथ्यो। बाटोको दुवै साइडमा साना ठुला तालहरु लहरै चिर निन्द्रामा परेको जस्तो देखिन्थ्यो। दृष्य सारै सुन्दर र मनमोहक देखिन्थ्यो। तर बेला बेलामा मनभित्रको अन्यौलको बादलले बाहिरको सुन्दर दृश्यलाइ डम्म पार्दिन्थ्यो। भबिष्य अनिष्चित जस्तै थियो। हामी मुभ त गर्दै थियौ तर तत्कालै के गर्ने कुनै निधो थिएन। योजनाहरु त थिए धेरै मनभित्र।  ति सबै योजनाहरु मुर्त थिएनन्। 

मनभित्रका सबै नकरात्मक बिचारहरुलाई झार जस्तै उखेल्दै बेला बेलामा आँखाहरु बाहिरको द्रिश्यमा दौडाई रहेको हुन्थे। सम्म परेका घाँस्य मैदानहरुमा गाई, बाख्रा घोडाहरू चरिरहेका थिए।  उनीहरुलाई देख्दा लाग्थ्यो कति स्वर्गीय आनन्द होला त्यो ठाँउमा। के यिनीहरुलाई हामीलाई जस्तै भोलिको पिर होला? के यिनीहरुलाई पनि मान्छेलाइ हिजोको कुराले चिमोट्छ होला? पक्कै पनि यिनीहरुलाई हिजो र भोलिको कुराले पिरोल्दैन  होला भन्ने मेरो बिश्वास हो। 

रेल चिप्लदै गर्दा हरिणका पाठाहरूले झाडिबाट लुकिलुकि हेरेका देखिन्थे। कति सुन्दर छ त्यो संसार। छेउछाउका पोखरीहरुमा साना साना पानि हाँसहरु पौडिरहेका थिए। भगवानले पनि कति थरिका पशु पन्छीहरूको जन्म दिनुभएको छ। मान्छेहरुलाई पनि भगवानले नै सृजना गर्नुभएको हो तर के मान्छे भगवानले दिएकै अवस्थामा सुखीको साथ् बस्न सक्यो त ? रेल अगाडी बढ्दै दाँया साइडमा ठुलो ठुलो नुनको थुप्रो देखिन थाल्यो। नानी बाबुहरुले भन्न थाले " साल्ट माउन्टेन। " हुन पनि त्यो थुप्रो देख्दा सातोतिनो पहाडै जस्तो देखिन्थ्यो। केटाकेटीहरूको मस्ति देख्दा लाग्थ्यो आफुपनि एकपल्ट सर्लक्क केटाकेटि नै भैदिउ। 

करिब ४:५० बजे तिर सास्काटुन स्टेसनलाई छोड्दै अगाडी चिप्लिदै गयो रेल। रेल करिब ४० मिनेटजति स्टेसनमा रोकेको थियो पानि भर्नको लागि। पानि भरिसकेपछि रेल सास्काटुनका गहु, केनोला,राई, तोरीका बिसाल फाटहरू छिचोल्दै निरन्तर चिप्लिरह्यो। मैले चिज म्याक्रोनी फोर स्ट्राईप्स चिकेन दुइ वटा अर्डर गरे लन्चको लागि। ३०  डलरले लन्चको ब्यबस्था गर्यो। फापरको रोटी पनि बाँकि थियो हिजो राधिका म्याडमले राखिदिएको। त्यो पनि तुरियो सँगसंगै। 
केराउ, केरा, स्याऊ, बार , मकै थिए हामीहरुसंगै।  त्यो पनि खाइन्थ्यो बेला बेलामा अनि बल्कोनिमा चढीन्थ्यो बाहिरको मनमोहक दृश्य हेर्नको लागि। बेलुकातिर केटा केटिहरू संग जुटपत्ति पनि खेलियो। केटाकेटिहरू पनि अलि खुसि भए। 
उनीहरु खुशी भएपछि हामि खुशि नहुने त कुरै भएन। 

समय आफ्नै गतिमा चिप्लिरहेको थियो।  कहिले नटुङ्गिने बिसाल फाटको बिचबाट चिप्लिरह्यो भाया रेल पनि नदि बगे सरि निरन्तर।   उकालो ओरालो भिरालो ढुङ्गे बगर छरियर रहेका घरहरू जताततै हरियाली फाटै फाट। अनि म सम्झन्थे मेरै देश र मनमनै भन्थे के यति सुन्दर छ मेरो देश ? हिमाल, पहाड र तराई मिलेर बनेको देश नेपाल शुन्दर अवश्य नै छ तर पहाडहरु धेरै जसो अग्ला र भिराला छन्। मानब बस्तीको लागि उत्तम छैनन् धेरै पहाडहरु किनभने न त्यहाँ उर्भर माटो छ न बाटो घाटो लैजान सजिलो छ। बर्षै पिच्छे ठुला ठुला पहिरो खस्छ। सयौ मान्छेहरुले अनाहकमा ज्यान गुमाईरहेका हुन्छन। अग्ला अग्ला हिमालहरुले खै के पो दिन सके र नेपाललाई। 'आई एम फ्रम नेपाल' भन्दा कसैले बुझ्दैनन्। अनि हामि भन्छौ "डु यु नो माउन्ट एवेरेस्ट?" आफुले पनि सुनेको मात्रै हो।  देखेको कहाँ हो र। तर पनि आफ्नो भनेपछि नदेखे पनि देखेजस्तै गरेर भन्न मन लाग्दो रहेछ। 

सस्काचेव 'ब्रेड बास्केट अफ वर्ड' भनेर चिनिन्छ। यहाँ उत्पादन हुने गहुँ विश्व बजारमा पुग्छ। जुन ठाँउमा छ छ महिना हिउ पर्छ त्यो ठाउको गहु र तोरी विश्व बजारमा पुग्छ। हाम्रो देश जहाँ बाह्रै महिना प्रतिकुल मौसम हुन्छ त्यहाँ बर्षभरीलाई खाने अन्न समेत हुदैन। बर्षेनी सयौ जनता भुकमरिले ज्यान गुमाउछन। तर पनि हामि भन्छौ तराई नेपालको ब्रेड बास्केट हो भनेर। तिल सम्म भारतबाट आयात गर्छौ हामि तर पनि भारतलाई गालि गरेर कहिले थाक्दैनौ। 
कपाल कोरेजस्ता गहुका फाटहरू सबैतिर एकनासंग फैलिएको देखर मेरो मन उत्शाहित भैरहेको थियो। कृषि प्रणालीमा आधुनिकीकरण भैसकेपछि क्यानाडा , अमेरिका र यरोपियन देशहरुले मनगे फाइदा उठाए। आँखाले देखिने दृश्य सबै गहु र तोरी बाहेक अरु केहि थिएन।  न त्यहाँ खेतमा काम गर्ने मान्छे नै थिए , न बस्ति। सबै भन्दा अचम्म त हिउ पग्ली सक्दा येति धेरै ठाँउमा कसरि एकैचोटी खेति लगाउन सकेहोला। गोडमेल त गर्ने कुरै आएन।  हिउ पर्नु भन्दा अगाडी नै त्यो सबै भित्राई पनि सक्नु पर्ने। 

हेर्दा हेर्दै डिनरको बेला भयो। चिकेन बर्गर, भेज चिल्ली र केहि कुकिजहरुले छाक टारियो। करिब नौ बजेतिर सुतियो। सुतियो त भन्ने मात्र हो।  छिन छिनमा जागिहालिन्थ्यो। भन्दा बिहान चार बजे उठ्यौ। केहिबेरमै करिब सात बजेतिर विनीपेग पुग्यौ। बिहान रेल रोकेको बेला म तल ओर्लिए। एकजना मपाईप्रशाद संग भेट भयो। कसैले पनि आफ्नो प्रसंसा गर्यो भने सुन्ने मान्छेलाई कस्तो अनुभब हुन्छ भन्ने कुरो को अनुभुति भयो। मपाई जी को बारेमा धेरै कुरा गरिन ऐले। 
केहीबेरमा रेल चिप्लिन थाल्यो।  ठुला ठुला जंगलहरु, साना साना पहाडका  ढुङ्गाहरु  लेकै लेक हुदै हाम्रो यात्रा निरन्तर अगाडी बढिरह्यो। प्रत्येक  दुइमिनेटमा कंचन पानीमा निलो गगनको तस्बिर हेर्दै र फेवा र राराको कल्पना गर्दै हामि चिप्लिरह्यौ। करिब एघार पैचालिस बजेतिर लन्च: चिकेन स्ट्राईप, भेज सस्यान्डवीच टुना स्यान्डवीच जिउनार गर्यौ। लेकै लेक को बाटो कटेपछि सल्ला सिसौको जंगल सुरु भयो। पोखरीहरु पनि लमतन्न सुतिरहेका थिए बीच बिचमा। छोटा छोटा टनेल अर्थात् सुरुङ्ग, काईयो छिराउन नमिल्ने घना जंगल र कता कति साना चिटिक्क परेका घरहरू पनि देखिन्थे बाटो को तलमाथि।  लेकसाईडका चिटिक्क परेका घरहरुको आगनीमा केटकेटीहरू खेल्दै गरेका दृष्यहरू साच्चि नै स्वर्गिय थिए। 

कतै कतै गोरे र गोरिहरू बेप्रबाह अंगालोमा कसियका देखिन्थे झ्यालबाट । केहिबेमा हामि भियुङ एरियामा गएर बस्यौ। सिम सिम पानि पर्यो। तराईकै कुनै गाउ जस्तै तर फरक फरक घर,मान्छे संरचना। हाम्रो तराइमा ताल तलैयाहरू कमै देखिन्छ केहि पोखरिहरू बाहेक। तर यहॉ मान्छे भन्दा धेरै पोखरिहरू भएजस्तै लाग्यो।सबै मान्छेहेरु उस्तै उस्तै।बास्तबमा भन्ने हो भने गोरेहरु सबै गाँउ गाँउमा र काले, एसियन जति ठुला ठुला शहरहरुमा बसे जस्तै लाग्यो। 

दोस्रो दिन :४० बजे टोरोन्टो टु भ्याकोभर जाने ट्रेन भिया रेल विनिपेग ठन्डरववेमा जम्काभेट भयो। पहिलो पल्ट  भाया रेलको सम्पूर्ण बनोट हेर्न मिल्यो। झ्याल झ्यालमा मुस्कुराउदै चिहाइरहेक र हात हल्लाई रहेका यात्रीहरु बिच आत्मियता साटासाट भयो। यति लामो यात्रामा न कसैले कसैलाई हप्काएको सुनियो न कसैले कम्प्लेन नै गर्यो। कति सान्त र सितल आत्मीय थियो यात्रा।  नेपालको बस यात्रको स्मरण गरे। सुरु देखि अन्त्य सम्म कन्डक्टर र यात्रु बीच चल्ने दोहोरिको याद आयो।  तेस्रो दिन लन्चको लागि  किचनमा भेजि स्यान्डवीच अर्डर गर्दै थिए मेरो पछाडि एउटि गोरि उभियकि रहिछ। उसले एक्साईटेड भएरवाव आई लाईक द्याट टुभनि। पछि फर्के, नजर ठोक्कियो। मुसुक्क हॉसी पनि द्याङ्क्यू भन्दै दॉत देखाईदिए। उमेरले तिस नाघेपनि अत्यन्त सुन्दर थिइ ऊ। पछि सम्म लाइन मारिरही मोरीले।  मैले पनि चोरी चोरी हेर्दिए। जवानी फुलेर आयो। 
जंगलको बिचमा ट्रेन रोक्यो। बुढिले भनिन्, “ कतै डॉकु छिर्दैन यहॉ
के यो ईन्डिया हो डॉकु छिर्नलाई ट्रेन भित्र।
त्यति नै बेला ट्रेन चिप्लिहाल्यो।एक ठाऊ यस्तो आयो जहॉ ठुला रूखहरू सबै सुकेका साना साना प्रजातिका रूखहरूले भरिदै गएको।सिंगो रुख पनि हरियो थिएन।  साएद आगोलागिले सबै सखाप पारेको थियो होला।  सबै रुख त्यो पनि माइलौ सम्म कसरि एकै चोटी मोर्न सक्छ जस्तो लाग्यो। बेलुका :३० मा डिनर खायौ। डिनर- भेज चिल्ली, बेकड् सालमन विद राईस एन्ड भेजी। खासै फरक केहि हुदैनथ्यो लन्च र डिनरमा। खाना खैसकेपछी छततिर उक्लियौ र 
प्रकृतिसंगै रमायौ।  समय चिप्लिरह्यो रेलको गति संगै। उनै यात्रुहरु कहिले तल कहिले माथि। सबैजना एउटै परिवार जस्तै भैसकेको थियो नजानी नजानी। 

केहीबेरमा तल झरे। मोजा गनायछन्  नयॉ चेन्ज गरे।त्यहीबेला ट्रेन रोकियो करिब एक घन्टा जति। करिब१०:३० मा सुत्ने तरखर भयो।बिहान  :०० बजे उठियो। संगसंगै नानी बाबुहरू पनि उठे। बाताबरण मनमोहक थियो बाहिर। छततिर निस्के।घना जंगलको बिचबाट रेल चिप्लिरहेको थियो आफ्नै गतिमा। जंगलको बिच बिचमा अत्यन्त सुन्दर ताल तलैयाहरू। हरिण,मृग भालुहरू झुलुक झुलुक निस्कन्थे। पुन जंगल भित्रै छिर्थे। आकाशमा कालो मैलो बादल थियो। त्यसैले पनि सन रूफ भएको क्याबिन पनि चिसो चिसो थियो।तर माइलौ माइल सम्म पनि मानब बस्ति थिएन। मान्छेहरू थिएनन्। लेकसाईडमा कता कति घरहरू भएपनि सुनसान देखिन्थे। चिप्लिदै चिप्लिदै गोगामा ह्यामलेट पुग्यौ। यो  पाँच सय जनसंख्या भएको  फस्ट नेशनको गाँउ रहेछ। मान्छेहरु कताकति देखिए पनि घरहरु बाक्लै थिए। हुनत क्यानाडामा जहाँ गएपनि हेर्ने घरमात्रै त हो नि  हेर्ने, मान्छेहरु त कहाँबाट भेटिन्छन।  शटबेरी काटेपछि क्याप्रेओल हुदै पेरिसौंड पुग्यौ। यहाँ जम्मा जम्मी छ हजार मान्छेहरुको बस्ति रहेछ। यहाँ बाट टोरोन्टो पुग्न लाइ करिब चार घण्टा लाग्दो रहेछ।  अचम्म लाग्यो किन मान्छेहरु यति सुन्दर ठाउँतिर नबसेर टोरोन्टो मै गाँड लाउन पुगेका होलान। 

पेरि साउन्डबाट अगाडि बढेपछि फाट्ट फुट्ट मान्छेहरू झर्दै गरे। त्यो भन्दा अघिल्लो स्टेसनमा ट्रेन रोकियो। त्यो टोरोन्टो पछिको लास्ट स्टेसन थियो। बजे रोकिएको रेल १०:४५ मा बल्ल छुट्यो। यो भन्दा अघि ११ बजे पुग्छ भनेको दुई घन्टा ढिलो भैसकेको थियो। झोलामा प्याक भएको ब्लाङ्केट पुन झिकेर ओड्न पर्यो। केटाकेटी सुताउन पर्यो।तेस्रो दिन रातको करिब एकबजे बल्ल युनियन स्टेसन पुग्यौ। 



0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home