Thursday, April 9, 2020

महाशक्ति

आधुनिक सभ्यताको चरम चुलीमा
ठिङ्ग उभिएर
संसार चियाउने
धर्तिको कुरै छोडौ
आसमानतक शक्तिको झन्डा फहराउने
 बर्षौ बर्षौलाई पुग्ने
साधन स्रोत सम्पन्न
महाशक्ति रास्ट्रहरु
सधैभरि मनबअधिकारको नारा बोकेर
गरिब देशलाई तारो हान्ने
बम र बारुदको खानी रास्ट्रहरु
कर्कलो गलेझैँ गलेका छन् यतिबेला।

तेस्रो मुलुकलाई सहयोगको लेपन लगाई
हतियार र पैसोको आडमा
राजनैतिक हस्तक्षप गर्दै
धर्म र संकृतिको धज्जी उडाउदै
आफैले षडयन्त्र बुन्दै
जाति, जाति र धर्म,धर्म बीच
रगतको खोलो बगाई
प्राकृतिक पुजीको दोहन गर्न पल्केका
उत्तर आधुनिक सभ्यताका
अतिमानबहरु
आफ्नै देशका स्वस्थ्यकर्मिहरुलाई
मृतुको मुखमा घचेट्दैछन्  यतिबेला।

हिजो पैसो र प्रविधिको आडमा
चन्द्रमामा मानब लैजानेले
आज झिगा झैँ आफ्नै जनता
फत्रक फत्रक ढलीरहदा
न पैसो काम आएको छ
न प्रबधिले प्राण धान्न सकेको छ
सिंगो धर्ति बन्धक बनेको बेला
धनि र गरिबबिचको रेखा मेटिएको छ
पुरिदै  गैरहेका सिमारेखाहरु
फेरी कोरिदै छ, बेरिदै छ
भिडको संकृति
एकपल्ट फेरी यत्र तत्र छरिएको छ यतिबेला।








0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home