"एकअसल श्रीमतीले आफ्नो गल्तीमा लोग्नेलाई सधै माफ गर्छिन ", अज्ञात।
"फेमली डे, कतै घुम्न जाँउ न। खाली काम र घर गर्दा दिक्क लाइसक्यो ", बेलुकाको भोजन गर्ने बेला बुढीले भनिन्।
"या, लेट्स गो बाबा, इट विल बि रियल्ली फन", छोरीले थपिन।
"या बाबा या", छोराले थप्यो।
"जाने त जाने, तर यो चिसोमा कहाँ जाने ? लौ तिमीहरु नै भन। म तयार छु", मैले भने।
"अटवा", छोरो।
"नायग्रा फल्स ", छोरी।
"पेरिस " हाँस्दै बुढी।
मलाई भने बुढीले 'इस्' भनेको हो कि पेरिस भनेको बुझ्न बेरै लागेन।
"पेरिस पनि जाउला कुनै दिन लट्री पर्यो भने", भन्न मनलागेको थियो तर भनिन।
"छोरा छोरीले जहाँ भन्छन त्यही जाँउ न", भन्लिन भनेको उनले भनिनन्।
एकछिनसम्म छोरा र छोरी बीच रस्साकस्सी भयो।
"तिमीहरु झगडा नगर त। बाबाले नै भन्नुहुन्छ कहाँ जाने ?" बुढीले भनिन्।
उनीहरु आफ्नो दाबी छोडेनन् जस्तो की घोंडादौडमा बाजी थापेकाहरु अन्तिम अबस्थासम्म घोंडाको नाम लिएर चिच्याईरहेका हुन्छन।
"चुप! कहिँ पनि नजाने", बुढीले भिटो प्रयोग गरिहालिन।
उनीहरु खिस्रिक्क परे।
"तिमी चुप लाग। उनीहरुलाई बोल्न देउ", भन्न मनलागेको थियो तर भनिन।
अन्त्यमा नायग्रा फल्स जाने सहमती भयो, त्यो पनि गो ट्रेन चढेर। अनलाईन टिकट बुक गरे।
आइतबार सात बजे झोलामा केहि बोतल पानी, केहि दाना सुन्तला, केहि डल्ला स्याउ र केही पोका बियर पाँउ। रक्सी बियर चै हैन। कुकिज बियर पाँउ।
युनियन स्टेसनमा ट्रेन चढियो। झ्यालतिरको सिट छोरा छोरीले कब्जा गरे।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home