जनैपुर्णिमाको दिन बुवाले एकाबिहानै उठाउनु भयो। हिंजो दिनभरी रातो पहेलो रंगमा धागो चोपेर घाँममा सुकाउनु भएको थियो। तिनसरे, सातसरे धागो काठमा बेरेर थुप्रै डल्ला बनाएका थियौ रातिसम्म बाबु छोरा मिलेर। बुवाले डोरो बाहेक थुप्रै जनैहरुपनि बनाउनुभएको थियो।
"नुहाई धुहाइ गरेर जनै फेरेस। म डोरो पुज्न हिडें। अलि चोखनिस्ट बस्नु". यति भन्दै बुवा तुम्डाँडातिर लाग्नु भयो। प्रेमलाल पोख्रेलको घरमा जनै पुज्ने कार्यक्रम थियो। धेरैजसो बाहुनहरू त्यहाँ भेला भएर डोरो र जनै पुजा गर्ने चलन थियो। त्यो चलन अझै छ कि छैन अहिले मलाई थाहा भएन।
हामीहरु सानो दाजु र म चौपारीमा गएर चिसो पानीमा नुहाइयो। जनै फेरियो। त्यतिन्जेलसम्म बुवा पनि आइपुग्नुभयो। त्यसपछि बुवाले डोरो बान्नको लागि एजमानहरुको टोल बाँडीदिनु भयो। मेरो भागमा थियो साहुपोखरा हुदै, धाब, जेल,
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home