बिहान ठिक चार बजे गाडिको इन्जिन स्टार्ट हुन्छ नग्र्र्रर्र्र्रर्रर्र गर्दै। कोठामा बिरालो हिड्दा खुल्ने मेरो बिहानपखको निद्रा पानि परे पछिको आकास खुले झैँ छ्याँङ्ग खुल्दिन्छ। पर्दा खोलेर झ्यालबाट बाहिर हेर्छु। थर्थर्थर्थर गरेको एकोहोरो आवाज मात्र सुनिन्छ। न कसैको ग्यारेज खुलेको हुन्छ न बाटोमा नै गाडीको बत्ति देखिन्छ। घरको ठिक पारिपट्टि बाट थरथरथर गरको आवाज बाहेक केहि सुनिदैन। सबै घरका झ्यालका पर्दा लगाइएका छन्। बाटोको बत्ति बाहेक कहिँ कतै बत्ति बोलेको पनि देखिदैन। मैले खोलेको झ्यालको आवाजले गर्दा घर अगाडिको म्यापलको रुखबाट ब्लु जे फुर्र उडेर पछाडीको हाँगामा गएर बस्छ।
म बिस्तारै झ्याल पुरा लगाउछु र निदाउने कोशिस गर्छु। निद्राको त्यान्द्रो पनि बाँकी हुदैन। फोनमा चार्ल्स बुकोवोन्स्कि को 'पोस्ट अफिस' अडियो बुक लगाउछु र सिरानीमुनि राख्छु।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home