Wednesday, May 1, 2019

खुरुखुरु स्कुल जानु, कहिले नभाग्नु



म कक्षा दुईमा पढ्थे। मेरो घर पहाडको टुप्पोमा थियो। मेरो स्कुल पहाडको फेदिमा पर्दथ्यो। सुर्के झोलाभरि कापी र किताब बोकेर म स्कुल जान्थे। म संग मेरो सान्दाई पनि स्कुल जानुहुन्थियो।हामि धुलो र ढुङ्गासंग खेल्दै, बाटोको तलमाथि चराको गुड खोज्दै स्कुल जान्थ्यौ र सोहि कार्य गर्दै फर्कन्थ्यौ।घरबाट स्कुल पुग्न करिब पन्द्र मिनेट जति लाग्दथ्यो। घर फर्कने बेला कहिलेकाहि घन्टौ लगाइन्थ्यो। कहिलेकाहि घरमा पुगेपछि झरिलो सिस्नो र पानि पनि भेटिन्थ्यो।
एकदिनको घटना हो। म र सान्दाई स्कुल नगई दिनभरि छिमेकि माइलो सार्किको खरबरिमा लुकेर बस्यौ। स्कुल जान ढिलो भएको र स्कुल ढिलो पुग्दा सरहरुको पिटाई भेटिने डरले गर्दा सानदाइले बाटोबाटै भागम भन्नुभयो। दाईको आज्ञा सिरोधर गर्दै म पनि लागे दाईकै पछि पछि। दिनभरि खरबारिमा चराको गुड खोज्दै हिडियो। खरबारिबाट स्कुलको घन्टि बजेको टाठै सुनिन्थ्यो। एकबजेको हापछुट्टिमा केटाकेटीहरु गिराउनमा ऊफ्रदै दौडेको देखेपछि हामि कटुसको रुखमुनि लुकेर उतै हेर्यौ।
एकैछिनमा नजिकै खस्र्याक खस्र्याक आवाज सुनियो। बाघ आयो भन्ठानेर मेरो सातो पुत्लो उडो।”धत् दिउसै बाघ आउछ  गदा “भन्दै सेन्दाई ऊठेर यताउति भलाक्नुभयो। हामि बसेभन्दा ठिक माथिल्लो पाटामा सार्कि सेनि खर काट्दै रैछ। “नचल, उसले देखि भने घर गएर भन्दिन्छे गदा” भन्दै सेन्दाई कुप्रो परेर सास रोक्दै भित्तो तिर फर्कनुभयो। मैले पनि त्यसै गरे। त्यतिनै बेला खै केले केले मेरो चाकमा रन्किउनसम्म टोक्यो। खटाउछु भनेर कति कोशिस गरे तर केहि सिप लागेन। “ऐया, चाँका किम्लाले टोको” भन्दै म बुरुक्क ऊफ्रे। “गदा, खटाउन सक्देनस्। अब सेनिले थापाइ”, भन्दै दाईले पनि सकिनसकि थुनेर राखेको सास छोड्दिनुभयो।
“य तिमिहरु स्कुल गएनौ। अब गयर सान्मालाई भन्दिन्छु” भन्दै हाम्रै अगाडि आएर  ठिङ्ग ऊभ्भि।डरले र किम्लोको टोकाईले गर्दा कतिबेला जॉयमा मुतेछु, थाहै पाईन। “घर जावो है” भन्दै उ घाँस बटुल्न थालि। एकैछिनमा घासको मुठो कसि र उकालो लागि। “त गदाले गर्दा आज पिटाइ खानि भैयो” भन्दै दाई खर्सुङको बुटातिर लाग्नु भयो। म पनि पछि पछि लागे। “ उज्जा गदा” भन्दै भुईको ढुङ्गो टिपेर तलतिर हुर्याउनुभयो। 
चारबजे स्कुलको घन्टि बज्यो। सबै “घर घर घर” भन्दै ऊकालो र ओरालो चढ्न लागे। हामि पनि ठिक बेला पारेर घर गयौ। बंगालोमै पुग्दा नपुग्दै आमाले रोक्नुभयो , “कॉ गएर यतिबेला मुन्टेको भन्। स्कुल नगएर सार्किको खरबारिमा के गरेर बसेका हौ दिनभरि?” भन्दै आगनतिर गयर सिस्नु लिएर पो आउनुभयो। एकथान झरिलो सिस्नो पहिले नै तयारि अबस्थामा रहेछ। “लौ खा” भन्दै दाईको दुबै तिघ्रामा छप्काउनु भयो र मेरो चाई एउटोमा। दुबैभाई रूदै अबदेखि कहिले नभाग्ने कसम खायौ।
एकैछिनमा आमाले भित्र बोलाएर घिउ हालेर ततायको आटो खान दिनुभयो। सेन्दाईले छमाने ठेकाबाट दुईतिन्टा माखा फालेर एक बटुका मुइ तन्काउनु भयो। त्यसपछि डोको बोकेर लागियो घास काट्न बारितिर। बेल्का एकन डोको घास फालेर घरभित्र पसियो। त्यतिबेला बा कचरिको गफ लाउदै ठुलो ओंछ्यानमा चाकलमाडेर बसिसक्नु भएको रहेछ। दिउसो हामि भागेको थाहा पाऊनुभयोकि भनेर सातो पुत्लो उडेको थियो। पछि थाहा पायौ, आमाले थाहै दिनुभयनछ। चुपचापसंग बा को गफ सुन्दै भात खाइयो र ओछ्यनमा गइयो। आमाले सबैलाइ खाना खुवाइसकेर, जुठा भाडा माझेर बल्ल फुर्सद पाउनुभएछ। बटुकामा तेल लेर हाम्रो ओछ्यान आउनुभयो र खुट्टामा तेल घस्दै गर्दा पो बल्ल थाहापाए।”सुत् सुत् अबदेखि खुरुखुरु स्कुल जानु, कहिले नभाग्नु। तेरा बाले थापाभा मार्नुन्तो आज” भन्दै हामिलाई माथिसम्म सिरक आोडाएर आफ्नो ओछ्यानतिर लाग्नु भयो।


0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home