द्रोपदी
डा. प्रतिभा राय द्वारा लिखित तथा बिन्दया सुब्बाद्वारा अनुवादित पुस्तक 'द्रोपदी ' नेपालि पाठकहरुबीच निकैबेर चर्चा परिचर्चामा रह्यो।डा. प्रतिभा राय ज्ञानपीठ पुरस्कारद्वारा सम्मानित भारतीय लेखिका हुन्। महाभारतकी पात्र कृष्णा अर्थात् द्रोपदीलाई मुख्य पात्र बनाई लेखिएको यो पुस्तकमा सम्पूर्ण भारतबर्षमा नारीको भूमिका , र पुरुष समाजले महिलाप्रति राख्ने दृष्टिकोण तथा उनीहरु प्रति गर्ने ब्यबहारमा पौराणिक काल देखि आज सम्म केहि फरक नभएको कुरा निकै सरल भाषामा प्रस्तुत गरिएको छ।
सरसर्ती पढ्दा महाभारतको कथा पढेजस्तो लाग्ने यो पुस्तकमा द्रोपादिको बिबाह पाँच पाण्डबहरुसंग हुनाको रहस्य र बिबाह पश्यात उनले भोग्नु परेको आजिबन सास्ती, घृणालाई एक्काईसौ सताप्दिकी द्रोपदीको आँखाबाट हेरिएको छ। अर्जुनसंग बिबाह गरेर आईकी द्रोपदी युधिष्ठिरको वाकचाटुता तथा माता कुन्तीको अकाट्य बचनको कारण पाँचै पाण्डबकी भोगिनी बन्न पुगिन। तर पनि उनले अर्जुनलाई प्राप्त गर्न कुनै कसुर राखिनन। तर अर्जुन भने धर्मको नाममा सुन्दरीहरुसंग बिबाह गर्दै हिडे।
जो संग पहिलो स्वयम्बर भयो, जुन रातको लागि बाह्र वर्ष सम्म तपस्या गरेर बासिन, त्यहि व्यक्ति , त्यहि रात उनको लागि सुल बन्यो। जसलाई उनले जिबनभर आफ्नो ठानिन उसैले अर्जुनसंग बैनी सुभद्राको बिबाह गराइदिए। पाँच पतिहरुलाई खुशि राखेर, कौरबहरुको बेइज्जत सहेर जसरि कृष्णा अर्थात् द्रोपदी धर्म रक्षाको लागि आफ्नो सम्पूर्ण जिबन अर्पण गरिन उनैको लागि स्वर्गको ढोका बन्द भयो।
के आजको युगमा द्रोपदी जस्ता महिला छन् त ? के आजका महिलाले द्वापर युगमा जस्तै धर्मको नाममा अन्याय र अत्याचार सहनु परको छ त ? मेरो बिचारमा त छैन जस्तो लाग्छ। पढेर प्रतिकिया दिनुहोला।
बिन्दिया सुब्बाले जसरि रुखमा पालुवा पलाउछ त्यसरी नै शब्दहरु उमरेजस्तो लाग्छ यो पुस्तकमा । हिन्दिबाट नेपाली भाषामा अनुबादन गरेको भए पनि उनले सत्प्रशिसत न्याय गरेकी छन 'द्रोपदी' कि जननीलाई। यो पुस्तक पढ्नुपूर्व यदि महाभारतको कथा थाहा छ भने बास्तबिक पाठकको आभास मिल्नसक्छ।
अन्त्यमा पुस्तक जुटाइदिने मित्र यम घिमिरेलाई साधुबात।

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home