Wednesday, March 27, 2019

संसार एक पाठशाला -विशाल सिटौला

बिध्यार्थि पुस्तक पशलमा किताबहरू खोज्नेक्रममा संसार एक पाठशाला हातमा लिए। बिशाल सिटौला पहिले नामै नसुनेकोले गर्दा पनि होला मन सरर भएन। पछाडि कभरमा भएका टिप्पणीहरू पढे। कुनै बरिश्टहरूको टिप्पणी पनी थिएन। एकदुई पाना फर्काएर हेरे। चित्रहरू र क्यापसनमा मोटा मोटा अक्षरमा सारकुरा दोहोर्याएको रहेछ।  खबरपाटि जस्तो लाग्यो। पुन सेल्फमा राखे। किताब पसलमा काम गर्ने भाइले भने “यो किताब खुब बिकेको छ ऐले। मुल्य पनि घटायको छ।”
पुन किताब हातमा लिए र पहिलो पन्ना फर्काए। लेखकको बुवा र आमाको फोटो थियो। अर्को पेजमा रास्ट्रकबि माधब प्रशाद घिमिरेको टिप्पणि रहेछ। सरसर्ति पढे। “यो पुस्तकबाट धेरैले आफ्नो जिबन परिबर्तन गर्न सक्नेछन भन्ने मैले आशा लिएको छु”, भनेका रहेछन् बुढाले। प्राध्यापक तिर्थराथ खनियाले राम्रो टिप्पणि गरेका थिए। किताब किने।
ताप्लेजुङको निघुरादिन गाऊमा जन्मेका बिशाल सिटौलाले संसार एक पाठशालामा आफ्नो बाल्यकालदेखि अहिलेसम्म गरेक संघर्ष, भोगेका दुख र प्राप्त गरेको अनुभबलाई चटामरि झै स्वादिलो बनाएर पस्केका छन्। तिस बर्ष नर्बेमा बसेर कामकै सिलसिलामा पचासभन्द बढि देशहरुको भर्मण गरेका सिटौलाले बिश्व जिबनदर्शनलाई आफ्नो आध्यात्मिक ज्ञानले ऐना जस्तै छर्लङग पारेका छन।
सातौ नम्बरमा जन्मेका सिटौला जन्मनासाथ आमाको दुध नआएर सार्कि थरकी महिलाको दुध चुसेर उठे। त्यतिमात्र होइन ऊनलाई बचाउन आमाले पाथिभरासंग भाकल गर्नु परेको थियो। सात बर्षमा परिबारसंगै मधेश झरेका ऊनि लामखुट्टे, ऊडुस र उपियॉको असल मित्र बने। राजेस खन्नाको फिल्महरू हेरेर हिरो बन्ने भुत सवार भएका सौटौला पछि रामपुर क्याम्सबाट बि एस सि ए जी मा डिस्टिङसन पट्काए। ऊडिसा पढ्न जानको लागि काठमान्डौ जादै गर्दा गाडि त्रिशुलिमा पल्टेछ। धेरैको ज्यान गयो। ऊनी चाहि जस्ताको तस्तै। त्यो बेला ऊनि ध्यानमा पो मस्त रहेछन।
पछि नर्बे पुगे र प्रतिस्ठित बिश्वबिध्यालयमा पढाउन शुरू गरे। उनि भन्छन,” ग्रिष्म रितुमा आठहप्तासम्म सुर्य नउदाऊने देश सामाजिक अनुशासन, कामप्रतिको जिम्मेवारी र दायित्वबोधले गर्दा नै नर्बे संसारमा एक सबल देशको रूपमा चिनिन्छ।” तर बिकाश मात्र ठुलो हैन। त्यहॉ प्राय मान्छेहरू एक्लो छन। घन्टौ संगै यात्रा गर्दा पनि कोहि कसैसंग बोल्दैन, सोध्दैन। आगन जोडियको छिमेकिसंग बर्षौसम्म पनि चिनजान हुदैन।
सबै देशहरूका राम्रा र नराम्रा दुबै पाटाहरू छन्।
आफुलाई चिन्नेले मात्र संसरलाई चिन्न सक्छ। आफुलाई चिन्ने बाटो आध्यात्म हो भन्छन उनी।
जिबन र दर्शन बारे लेखक भन्छन, “ आफुभित्र भएको अथाह सम्पतीलाई चिन्यो भने, जिन्दगी अत्यन्त महत्वपुर्ण र आनन्दित हुन्छ। जानेन भने जिन्दगिमा दुख, कष्ट र विषाद मात्रै बाकि रह्न्छ।” आध्यत्मिक क्षेत्रमा रूचि भएका सिटौलाले रबिसंकर र पाईलट बाबासंग भएको भेटको अनुभब पनि समेटेका छन्। सिटौला नयॉ पिडिलाई संदेश दिदै भन्छन,” जिबन एउटा उकालो बाटो हो। यसमा यात्रा गर्दा सबै खालका क्षणहरू आउछन्।… मनलाई सकरात्मक मार्गमा हिडाउने प्रयास गर्नु पर्दछ। आफ्नो मन शान्त र सरल नभयसम्म मानिसमा खुसी आउन सक्दैन।”
धेरै मन छुने कुराहरू छन् यो किताबभित्र। फुर्सद मिले झ्याप्प बसेर पढौ है।









0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home