Thursday, January 17, 2019

उनी

ऊनी”नेपालि समाजभित्र बिभिन्न बर्ग, पेशा र समुदायमा रहेका महिलाहरूको कथा हो। ऊनीभित्र धेरै उनीहरू अटेका छन जसले नेपालि समाजभित्र रहेक बिभिन्न पेशा, ब्याबसाय र परिबार समालेर बसेका महिलाहरूको प्रतिनिधित्व गर्दछन।
लेखक पत्रकार हुन। यो किताब पत्रकार महोदयले फरक फरक महिलाहरूसंग  लिएको अन्तरबार्ता को संकलन भएकोले उनीहरूको जिवन भोगाइको नालिबेली आफ्नै आवाजमा सुन्न/पढ्न सकिन्छ।
जम्माजम्मि ३६ महिलाहरूसंग गरियको कुराकानि समेटियको यो किताबमा गिट्टि कुटेर जिबिकोपार्जन गर्ने लक्ष्मी राई देखि लियर बरिश्ठ मुटुरोग बिशेषज्ञ लुना भट्ट र यौनकर्मि सिता बराल, जेन्डर परिबर्तन गरेर चर्चामा रहेकी केटलिन पन्त समेतको मार्मिक तथा रोचक कथाबेथाहरू छन्।
सबैजसो महिलाहरूको आआफ्नै जिबनभोगाईको अनुभब छ। जिन्दगिको भिन्न भिन्न बुझाइ छ। दुख, सुख, माया, प्रेम र योनिक अनुभबको निकै मार्मिक कथाहरू छन्।
कतिपय महिलाहरूको खासगरि उच्च बर्गका महिलाहरूको बनावटी रंग पनि झल्किन्छ भने सिमान्तकिंत महिलाहरूको बास्तबिकता।
मोडेल स्मिता थापाको योनिक अनुभवलाई महिलाहरूको स्वतन्त्रतासंग जोडेर गरियको ब्याख्याले महिलाहरूमाथि नै अन्याय भएको जस्तो लाग्यो।


0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home