Sunday, June 11, 2023

ऊ मोर्यो।

 "ऊ मोर्यो। अब रुन पर्दैन उसलाई। हाँ हाँ हाँ ," अक्करे एकतमासले हाँस्यो।

"कसरि ?" अनुसन्धानको लागि खटिएको प्रहरीले सोध्यो। 

"जसरी मोरेपनि ऊ मोरिसक्यो। ऊ सुतेर मोर्यो। भात, दाल, तरकारी सबै थोक खाएर मोर्यो। ठुलो सपना देखेर मोर्यो।दु:ख लुकाएर मोर्यो।"

"तैत् जे मन लाग्यो त्यहि बोल्छस। सुतेर, खाएर, सपना देखेर मान्छे मोर्ने भए सबै जना मोर्थे। यो संसारमा कोहि पनि बाँकी रहँदैन थे। झुट बोल्छस् " , जंगे पुलिस कड्कियो। 

"त्यसो भए कसरी मोर्यो ?"

"त्यै त तँलाई सोध्दैछु। ऊ कसरि मोर्यो भन्। नत्र सिधै लगेर जेलमा हाल्दिन्छु", जंगेले जुँगा हल्लाउदै भन्यो। 

"त्यसोभए सुन। ऊ खान नपाएर भोक भोकै मोर्यो। निन्द्रा नलागेर छट्पटाइ छट्पटाइ मोर्यो। बिचरा! ठुला ठुला सपनाहरु देख्न नपाइ त्यतिकै मोर्यो। "

"फेरी बाङ्गो कुरा गर्छस मुजी। हिंजो राति ऊ त संगै थियौ। तिमीहरु संगै क्यासिनो पनि गएका थियौ। राति एक बजे तिमीहरु संगै निस्केको त्यहाँको सर्भिलेन्स क्यमाराको रेकर्डले देखाउछ। अब बाँकी कुरा तैले भन। नत्र तेरो पिडुलाको माशु झिकेर किमा बनाइदिन्छु", पुलिसले दाइने बंगारा किटिक्क टोक्दै भन्यो। 

"यसको मतलब तिमीहरुलाई सबै कुरो थाहा रहेछ त। किन मलाई सोधिरहेको। तिमीहरु नै भन ऊ कसरि मोर्यो ?"

"त्यस्तो ल्याङ्ग ल्याङ्ग कुरा नगर। खुरुक्क भन उ कसरि मोर्यो। "

"ऊ सास फेर्दै थियो। माथि फर्केर आकाश पनि हेर्दै थियो। हात खुट्टा पनि चलाउदै थियो। अचानक उसको शरीर  भुइमा ढल्यो। उसका आँखाका ढकनीहरु खुल्लै रहे। आँखा भ्यागुताको झैँ ट्वाल्ल परे। हात खुट्टा पनि काठ झैँ कक्रक्क  भए। अचानक उसले सास फेर्न बिर्सियो। सायद त्यसैले मोर्यो ऊ", उसले रुन्चे अनुहार पार्दै भन्यो। 

"सर, यो तरिकाले यसले कुरो खोल्ला जस्तो लागेन।ठोक्नुस सालेलाई। खुट्टा नभाँच्दासम्म भन्दैन यसले। 

'ऊ  किन मोर्यो ? कसरि मोर्यो ? कहाँ मोर्यो ? कसले मार्यो ? मोरेर कहाँ गयो ? स्वर्ग गयो कि नर्क ? कि बिचैमा अड्कियो ? किन अड्कियो ? नर्क जानु पर्ने स्वर्ग किन गयो ? यदि नर्कमा गयो भने स्वर्ग किन गएन ? 'हा हा हा हा ऊ अट्टहाँस हाँस्यो। 

अनुसंधानको फाइल बोकेर बसेको प्रहरी इन्स्पेक्टर दिमागमा करेन्ट सल्कियो। छड्के भिरेको काँडे लठ्ठी स्वत्त जिक्यो र स्वाट तिघ्रामा हान्यो। 

'ऊ मोर्नेबेला तँ संगै थिईस। उसलाई मोर्नको लागि तैले सहयोग गरेको देखिन्छ। सबै कुरा खोल, नत्र सालेको हात खुट्टा ठुन्काइदिन्छु", इन्सपेक्टर जंगियो। 

"हो, मैले हो उसलाई मोर्न सहयोग गरेको?"

"किन ?"

"उसले बाँच्नको लागि सहायोग मागेको थियो। 















0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home