केनडी सबवेमा धेरै बेर रोकियो ऊ। बाटो बिराएको बटुवा झैँ यताउती भलाक्यो। सिडी चढेर तल माथि गर्यो। भित्त्ताहरुमा टाँसिएका नक्साहरु हेर्यो। उसको कुनै गन्तब्य थिएन। जागिर खोज्नको लागि निस्किएको थियो। कसैले उसलाई भनेको थियो "भाई घरमा बसेर जागिर पाइन्न। जाऊ जागिर खोज्न।"
नेपाल प्रहरीको सब-इन्स्पेक्टर थियो केहि दिन अघिसम्म ऊ। त्यो पनि राम्रै माल हात लाग्ने ठाँउमा।इन्स्पेक्टर हुदासम्म कतिपयले काठमाण्डौमा घर ठडाएका हुन्थे। उनीहरुका श्रीमतीहरु टाउको निउरिने गरेर गहनाहरु लगाउथे। छोराछोरीहरु महँगा स्कुलमा पढ्थे। महँगा मोटर्साइकल चढ्थे। पदम सिङ्गले न घर नै ठडाउन सक्यो न श्रीमतीको लागि महँगा गरगहना किन्न। छोराछोरीको त कुरै छोडौ। इमान्दार कर्मचारीले सरकारी तलबबाट के पो गर्न सक्थ्यो र घरखर्च चलाउनु बाहेक। त्यो पनि बडो मुस्किलले। यदि उसले चाहेको भए आफुले पनि अरुहरुले जस्तै काठमान्डौमा घर बनाउन नसक्ने चै होइन।गैरकानुनी तरिकाले पैसा जोड्ने कुरा उसले कहिले सोच्न सम्म पनि सकेन।
'माकसम भ्रस्टाचार गरेर घर बनाउनु भन्दा गाउको झुप्रो नै सहि', उसले दाँया बंगारा चपाउदै भन्थ्यो।
पदमसिङ्ग धेरै दिनसम्म त खुब सानसँग छाती खोलेर भ्रस्टाचारको बिरोध गर्यो। तर तिनै भ्रस्टचारीहरु राजनैतिक शक्तिको आडमा आफूभन्दा माथिल्लो पोस्टमा पुगे। काठमान्डौ मै जमेर बसे। काठमान्डौका महंगा महंगा रात्रि क्लबहरुमा सुरा र सुन्दरीहरुसंग झुम्न थाले। बिदा लिएर परिबारसँग कहिले थाईल्याण्ड त कहिले त कहिले दुबई घुम्न जान थाले।
उसको अठोटले ऊ आफैलाई घाटा गराइरहेको थियो। संग संगै जागिर खाएकाहरु तथा समान आर्थिक हैसियत राख्नेहरुपनि एकदुई पल्ट हात मार्ने ठाउमा परे भने राम्रै माल गोजीमा पार्दथे। भित्र भित्र घरघडेरी जोडजाड गर्थे। छोराछोरिहरुलाई महँगा स्कुलहरुमा भर्ना गर्थे।
'हेर पवन नैतिकता भन्ने कुरा कागतमा लेखेर टेबलमा राख्ने कुरा हो। मान्छेसंग हैन,' उसको असाध्यै मिल्ने साथि पदम ले बारम्बार भन्थ्यो।
'सरकारी तलबले त आफुलाई पुग्दैन परिवारलाई कसरि चलाउने? केटाकेटीलाई कसरि पढाउने? परिबारमा कोहि बिरामी परे भने उपचार कसरि गर्ने? श्रीमतीका पनि रहर हुन्छन। मौका आएको बेला चौका हान्नु पर्छ। तेरो इमान्दारिताको केहि मूल्य पर्दैन। पछि पछुताउलास् , अर्को कर्मचारी मित्र हरिबोलले ले भन्यो।
तर पनि उसलाई अनैतिक काम गर्न कहिले पनि मन लागेन र गरेन पनि।
एकदिन पवन घरमा बसेर छुट्टी काटिरहेको थियो परिबारसँग। श्रीमती सुनिताले एक्कासी गुनासो पोखी, 'सबैका परिवार बिदा मनाउना बिदेश जान लागे। थाईल्याण्ड, सिंगापुर कता कता जान्छन रे। खै तिमीले त जाबो घरबाट बाहिर पनि निकाल्दैनौ। '
' अरुले जे जे गर्छन त्यहि त्यहि त्यहि गर्न पर्छ भन्ने के छ ? अरुले घोडा चढे भनेर आफु गदा माथि चड्ने? ' पवनले रिसाउदै भनेको थियो।
"हेर, बुढी घुस सुस खाएर थाईल्याण्ड छुट्टी मनाउन जान भन्दा इमान्दारीका साथ काम गरेको पैसोले बोइलर कुखुरो खाएर घरै बिदा मनाउछु । बाबा इन्डियन आर्मीमा हुदा मलाई पनि उतै भर्ति गर्न जोडबल गर्नु भएको थियो। मैले आफ्नै देशको लागि केहि गर्छु भनेर नेपाल सरकारको जागिर रोजेको हुम्। मैले नेपाल आमालाई धोखा दिनु हुदैन,' पवनसिंहले भन्यो।
"भो भो धेरै देशप्रेमी नबन। भोको पेटले भात माग्छ पहिले, भक्तिगान हैन। छोराछोरीहरुलाई अलि राम्रो स्कुलमा हाल्न सक्यो भने भोलि उनीहरुले केहि गरेर ज्यान पाल्छन। देशको लागि के के न गर्छौ भनेर कुर्लने नेताहरुका छोरा छोरीहरु बिदेशका महंगा महँगा स्कुलमा पढ्छन। करोडौको भ्रटाचार गरेर बिदेशमा पैसो जम्मा गर्दछन। तिमि एकजनाले गरेर केहि हुदैन।"
" त्यस्तो भनेर हुदैन सुनिता। सबै जनाले यस्तै भनेर त देश झन् पछि झन् खत्तम हुदै गैरहेको छ। आज मैले राम्रो गरे भने भोलि अर्कोले सिक्छ, पर्सि अर्कोले सिक्छ। अरुलाई दोष लाएर मात्र के गर्ने। परिबर्तन गर्नलाइ शुरुवात आफै बाट गर्नु पर्छ।"
"भो भो तिम्रो फिलोसोफी तिमिसंगै राख। सधै भरि यसरि बसेर सकिदैन। जसरि भएपनि एकदुई बर्षमा एउटा घर र गाडी जोड्नुपर्छ", सुनिताले हातमा समातेको फोन सोफामाथि फाल्दै भनिन।
पवन उठेर कोठातिर गयो। उसलाई किन किन आफ्नो घर बिरानो लाग्न थाल्यो। मनभरि कुरा खेल्न थाले। आफ्ना सबै साथिभाईहरुहरु पनि बिराना जस्ता लाग्न थाले। प्रहरीमा भर्ति हुदा सच्चा देशभक्त हुन्छु भनेर बाआमाको कसम खाएको ऊ, आज किन किन बाआमालाई भन्न सकिरहेको छैन कि 'सच्चा देशभक्त भन्ने, कुरा मात्र रहेछ, काम गर्नलाई एउटा व्यक्ति होइन पुरा संरचना परिबर्तन हुन पर्छ।जुन देशमा कानुन बनाउनेहरु भ्रष्ट हुन्छन्, त्यो देशका जंगली जनावर पनि चोर भैदिन्छन। '
त्यो दिन पछि पवनमा एकखालको अनौठो परिबर्तन देखापर्छ। उसलाई आफुले खाएको कसम, आफुले गरेको निर्णयमाथि ग्रहण लागेको देख्छ। श्रीमतिसंगको किच किच, सामाजको बेथिति, भ्रष्टहरुको बिगबिगी, बढ्दो महंगी, छोराछोरीहरुको स्कुलको महंगो फिस सबै सबै कुराहरु एक एक गर्दै उसको मानसपटलमा फनफनी घुम्न थाल्छन्। उसंग दुइवटा मात्र विकल्प छन् अब, एक - 'जसो जसो बाहुन बाजे उसो उसो स्वाहा! अर्को जागिर छोडेर विदेशतिर जा।"
पवनले दोश्रो उपाय रोज्यो। जागिर छोड्यो। पासपोर्ट बनायो। काठमान्डौमा एउटा एजेन्ट संग सल्लाह गर्यो। उसले एक सेमिनारमा क्यानाडा लैजाने भयो। उसले भनेजति पैसो जम्मा गर्यो। पैसो जम्मा गर्न पनि त्यति सजिलो कहाँ थियो र उसलाई। ऋण काढ्यो। आफ्नो अंशमा परेको एउटा घडेरी थियो। त्यो पनि बेच्यो।
"लौ, तिम्रै इक्षाले गर्दा म बाहिर जाँने भैहाले। ऐले खै एउटा सेमिनारमा जाने हो। त्यसपछि त्यतै शरणार्थी बनेर नागरिकता हात पारेपछि तिमीहरुलाई पनि बोलाउला। अब त खुसि भयौ नि। "
"मेरो राजा! म हजुरप्रति कहिले पो दुखि थिए र। बरु उता गएपछि गोरीहरुको पछि लाएर मलाइ बिर्सिने हैन नि।"
"कल्ले कल्लाई बिर्सिन्न्छ त्यो त समयले बताउला काली। तर तिमीले चाँही आफ्नो र परिबारको राम्रो ख्याल गर्नु। सरसरी भयो भने त दुइ तिन बर्षमा कागज बनाएर लिन आइहाल्छु।
एकबर्ष भित्रमा पवन क्यानाडा उड्यो।
सेमिनार त एउटा माध्यम मात्र थियो उसको क्यानाडा छिर्ने। एजेन्टले एकजना भारतीय मुलको वकिलसंग कनेक्सन मिलाइदिएको थियो। ऊ सुटुक्क त्यतै बस्यो र वकिलकै रायसल्लाह अनुसार शरणार्थीको लागि आबेदन दियो। उसले नेपालि नागरिकता, पासपोर्ट सबै च्यात्यो। तर नेपालि मन, मुटु र मस्तिष्क भने च्यात्न सकेन।
दलालहरुकै सहयोगबाट क्यानाडामा काम गर्ने इजाजत पायो। एउटा रेस्टुरेन्टमा काम गर्न थाल्यो। शिप केहि नभएकोले सरसफाई गर्ने ,भाडा धुने गर्दथ्यो । तरपनि उसले चित्त दुखाएन। नेपालिहरु बिदेश गएर भाडा माज्दछन भन्ने त उसले धेरै पहिले सुनेको थियो, तर आज ऊ आफैले भोग्दै थियो। काम जे सुकै गरेपनि बाँकी समय स्वतन्त्र पुर्बक बिताउन पाएकोमा आनन्द मान्यो। कसैले के काम गर्छस भनेर पनि निधिखुदी गरेनन।
कसै संग पनि उसलाई खुलेर कुरा गर्न मन लाग्दैनथ्यो। तर दिन प्रतिदिन सबै कुराहरु थाती राखेर खुरु खुरु काम गर्न थाल्यो। अलि अलि पैसो बनाएर नेपालमा ऋण तिर्न र परिबारको खर्चको लागी पठाउथ्यो। बचेको पैसोबाट वकिलको फिस, डेरा भाडा र ग्रोसरी गर्दा ठिक्क हुन्थ्यो।
एकदिन वकिलले पवनलाई कथा लेखेको पैसो माग्यो। ऊ छक्क पर्यो। उसले सोध्यो," के को कथा ?'
"तपाइको कथा। शरणार्थी बन्नको लागि एउटा कथा चाहिन्छ। नेपालमा बस्ने स्थित छैन। माओबादीले उठिबास लगायो भनेर कथा लेख्नु पर्छ। त्यो कथा तपाइले घोकेर वकिललाई सुनाउनु पर्छ। तपाइको केस हेर्ने वकिलले त्यसलाई ट्रांसलेट गरेर यहाँको सरकारी वकिललाई सुनाउछ", वकिलले भन्यो।
वकिलका कुरा सुनेर ऊ झनै छक्क पर्यो। "साला कुन परिबन्द भित्र फँसियो। भ्रष्टहरुले उठिबास लागएर यहाँ आउदा पनि अर्को भ्रष्टहरुको सहयोगबाट यहाँको नागरिक बन्नुपर्ने।
समय मान्छेले रोकेर रोकिने पनि होइन, दौडाएर दौडिने पनि होइन। आफ्नै रफ्तारमा हिडिरहेको समयले पवनको परिवारलाई पनि क्यानाडा झरालिदियो। उनीहरुलाई क्यानाडा सम्म झार्नलाई के सम्म गर्न परेन उसलाई। जे जति परेशानी भोग्नु परेपनि परिवारलाई साथमा पाउदा एकदम खुसि थियो ऊ।अलि अलि थोपा थोपा गरेर जम्मा गरको पैसो बैना राखेर एउटा दुइ कोठा भएको घर पनि जोड्यो। त्यो पनि पच्चिश बर्षभित्र ऋण तिर्ने सर्तमा। हिजो सम्म परिवारलाई झिकाउने रहरमा अहोरात्र दुख गर्यो। उनीहरु आएको भोलिपल्ट देखि अझैँ थपियो दुखको भारि।क्यानाडा उसको लागि "नखाँउ भने दिनभरिको शिकार, खाऊ भने कान्छा बाउको अनुहार जस्तै भयो। न उ फर्केर नेपाल जान सक्थ्यो, न खुशी संङ्ग रमाएर बस्न सक्दथ्यो। खालि दोधारमा हुन्थ्यो उसको मन। काममा कसैले अर्डर गरेको दिन अर्थात ठाडो स्वरमा केहि भनेको दिन उसको मन सारै दुखेर आउथ्यो। रात भर निधाउन पनि सक्दैन्थ्यो। सबै कुराहरु कसैसंग सेयर गर्दा सायद मन हलुङ्गो त हुन्थ्यो होला उसको, तर आफ्नै श्रीमती संग पनि सेयर गर्न सक्दैनथ्यो। पुरुष मन ढुंगा झैँ कठोर बनाएर बाच्नु पर्ने भएको थियो।
एकदिन उसको भेट एक भुटानी मुलका नेपालि
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home