Thursday, June 20, 2019

जुठा भाँडा हटाउ

एकदिन होटेलबाट खाना घरमै मगाएर खाने बिचारले 'जुठा भाँडा हटाउ ' अर्थात् 'स्किप द डिसेस ' को मुबाइल एप डाउनलोड गरे । एप गज्जबको रहेछ सयौ रेस्टुरेन्टहरु  आफ्नो मोबाइलमा सरर आउने झिलिमिली थरि थरिको खाने कुराहरुको सुची सहित। आफुले रोजेको रेस्टुरेन्टमा क्लिक गरेपछि  खानेकुराहरुको लिस्ट मूल्य सहित आयो। त्यो मात्र होइन कतिपय रेस्टुरेन्टहरुले बिस डलर भन्दा बढीको खाना मगायो भने सित्तैमा डेलीभेरी पनि गर्दो रहेछ। आफुलाई मसालेदार नेपालि र  इण्डियन खाना नै मनपर्ने भएकोले नेपाली रेस्टुरेन्टबाट काठमान्डू मम दुइ प्लेट, गोट करी एक, बटर नान तिनवटा अर्डर गरे। डेलिभरी फ्री भएकोले पाँच पर्सेन्ट टिप्स जोडेर बयालीस डलर मोबाइलबाटै तिरे। पैसो तिर्नासाथ 'तेरो खानाको अर्डर भैसक्यो। म्याट भन्ने मान्छेले पन्द्र मिनेटमा खाना ल्याइपुर्यौछ भनेर म्यासेज आयो। खाना कहाँ आउदैछ भनेर हेर्नको लागि 'ट्रयाक योर अर्डर ' भनेर लिंक दियो। लिंकमा क्लिक गर्नासाथ् म्याटको गाडी रेस्टुरेन्टतिर आउदै गरेको देखायो। गाडी रेस्टुरेन्टमा गएको, खाना गाडीमा राखेर त्यहाँबाट हिडेको र उसले ड्राइभ गरेको सबै नक्सा फोनको स्क्रीनमा देखियो। गाडी घरमा आइपुगेर पार्क गरेको देखेपछि म तलसम्म खाना लिन गए। उसले खानको झोला हातमा दिदै 'इन्जोय योर मिल सर ' भनेर गयो। तातो तातो खाना खाइयो। भाँडा पनि माझ्नु परेन।

खाना खाइसकेपछि मोबाइलमा 'स्किप द डिसेस ' लिंक खेलाइदै बसे।   हेर्दै गर्दा 'ड्राइभ विद स्किप ' बीकम द करियर ' मा क्लिक गरे। पढ्दै जाँदा 'एज अ करियर ' काम गर्न मन लाग्यो। आफुले भनेको समयम काम गर्न पाइने। दुइ चार पैसो क्यास पनि हुने। नयाँ अनुभव पनि बटुलिने हिसाबले गर्दा  उसले जे जे भन्छ त्यहि त्यहि गर्दै गए। आफ्नो परिचय पत्र , ड्राइभिंग लाइसेन्स र ब्लाङ्क चेक फोटो खिचेर अपलोड पनि गरे। अर्को  'करियर एप'  डाउनलोड गर भन्यो। त्यो पनि गरे। खाना तातो तातो रहने झोला र ब्याकगराउन्ड चेकको लागी सत्तरी डलर पनि तिरे मुबाइल बाटै। पैसो तिरेपछि फलानो ठाँउमा  झोला लिन जा भन्यो। अर्को दिन दुइवटा झोला; एउटा पिजाको लागि र अर्को अन्य खानाको लागि उसले भनेकै ठाउँबाट लिएर आँए। मोबाइलबाटै एक दुइओटा भिडियो ट्रेनिंग पनि दियो। यति काम सक्ना साथ 'रेडी टु ड्राइभ ' भन्यो। 'रेडी 'भने। 'साइन इन गर ' भन्यो। त्यो पनि गरे। 'म्याचिङ्ग योर अर्डर ' भन्यो। एकैछिनमा 'अर्डर म्याच्ड ' भन्यो। क्लिक गरे। फलानो रेस्टुरेन्टबाट फलानो ठाउमा, फलानो मान्छेको खाना लैजा। तैले टिप्स संग जोडेर दश डलर पच्चिस सेन्ट आम्दानि गर्छस भन्यो। मैले 'अर्डर एक्सेप्ट गरे ' उसले जता जता जा भन्छ उतै उतै गए। मेरो मुबाइल मेरै बोस बनिरहेको थियो। न रिसाउने, न चेपारे बोल्ने, न झुट बोल्ने, न तैले यो अर्डर लानै पर्छ बनेर सर्त राक्ने। आफुलाई मन परेको ठाँउमा जान पाउने, मन परेन भने एक मिनेट सम्म अर्डर एक्सेप्ट नगरे त्यो अर्डर झिकेर अर्को अर्डर म्याच गर्ने। नयाँ काम , नयाँ अनुभब। उसले जता  पठायो, उतै उतै दौडे। कहिलेकाही हाँसो उठ्ने।  एक्लै हाँसे। कहिलेकाही रिस उठ्ने आफैलाई सम्झाए। किनभने मेरै मोबाइल मेरो बोस , कसलाई लाउने दोष।

पहिलो दिनको पहिलो अर्डर एउटा मेक्सिकन रेस्टुरेन्ट बाट करिब एक किलोमीटर टाढाको बिल्डिंङ्गमा लैजानु पर्ने। रेस्टुरेन्टको पार्किंग रैनछ। पाँचसय  मिटर टाडा गाडी पार्क गरे। खाना पिक अप गरे र लागे लोरीको अपार्टमेन्टतिर। उनको अपार्टमेन्ट थियो हाइराइज भवनको १६ औ तलामा। उनको कोठामा पुगेपछि, नक् नक् गरे। भित्रबाट एउटा बयस्क महिला टाबेलले मुस्किलले लाज ढाकेर ढोका खोलि। मैले खाना झोलाबाट झिकेर दिए। उसले खानाको ब्याग समाउन यसो हात अगाडी बढाएकी थिई उसको छातीका पोका तुर्लुङ्ग झुन्डिए। मलाई थाहै नदिई आँखा गएर टास्सी हालेछन् । उसले मुसुक्क हाँस्दै 'सोरी' भनि र ढोका बन्द गरि।

फोनमा अर्को घन्टी बज्यो। क्लिक गर्नासाथ् पाँच किलोमिटर पर अर्डर डेलिभर गर।  आम्दानि तिन डलर पच्चिश सेन्ट ।  नो टिप्स। एक्सेप्ट  गरिन ।  पुन अर्डर म्याच भनेर आयो। कुरे दश  मिनेट जति अर्डर दिएन।  बरु तिनै रसिला पोका आँखा अगाडी आइरहे। जति चुसेपनि नरित्तिने जस्ता। निलो आकास झैँ कति सुन्दर आँखा अनि त्यो जंगली गुलाब जस्ता ओठ।

'अर्डर म्याचड।  रेडी टू ड्राइभ। 'घन्टी बजिहाल्यो फोनमा। गाडी दौडाए रेस्टुरेन्ट तिर।  अर्डर पिक गरे र सरासर लागे डेलिबरी गर्न। गुगल म्यापले जता जता भन्छ उतै उतै  गए। रिवर भ्यालीको एउटा सुन्दर बंगलाको अगाडी पुगेर 'योर डेस्टिनेशन अन द राइट ' भन्यो।  सरासर ढोकामा गएर घन्टी बजाए।  भित्रबाट कुकुर भुकेको आवाज आयो। एकैछिनमा ढोका खुल्यो। करिब छ फिट अग्ली गोरी महिला सानो बस्त्रले दूधका मुन्टा छोपेर उभिएकी, देख्नासाथ् मेरा आखा गएर नाइटोको प्वालमा अल्झिए। झोला बाट खाना निकालेर उसको हातमा राखेपछि बल्ल पो थाहा पाए कि मैले त पैसा त लिनै बिर्सेछु। उसको हातमा पैसो देखेपछि बल्ल याद भयो मैले रेस्टुरेन्ट मा तिरेको पैसो। उसको अर्डरको पैतालिस र पाँच डलर गरि पचास डलर दिई उसले। मेरो हेराइले असहज भएछ क्यारे , मुसुक्क हास्दै ढोका बन्द गरि उत्तिखेरै । 
 
अर्डर चेक आउट गरे र लागे गाडीतिर।  मोबाइलको स्क्रिनमा अर्डर म्याचिङ्ग भनेर देखायो। आम्दानी पन्द्र डलर। न्यु एभरेस्ट  रेस्टुरेन्टको अगाडी पार्किङ्ग थिएन। रोडको छेउमा पार्क गरे र भित्र छिरे। ग्राम मसलाको बास्नाले गर्दा आफ्नै किचनको याद आयो। खानको प्याकिंग झोलामा राखेर गाडी स्टार्ट गरे। गुगल म्यापकि मेरी मार्ग निर्देशिकाले बोल्दै गईन। मैले उनैलाई फलो गर्दै गए। गाडी बोर्डेंन पार्कको छेउमा गएर रोकियो। यता उति हेरे कोहिपनि देखिन।  एकैछिनमा नजिकैको झाडीबाट एकजना मान्छे मतिर आउदै गरेको देखे। उ सरासर आयो र सोध्यो," इज दिस माई अर्डर ?'

 मैलोले जगल्टेको कपाल, जुत्रे कपडा र टाढै बाट गाँजाको गन्ध आउने मान्छे देखेर मलाई विश्वास गर्न अलि गारो भयो। 'आर यु   एरिक ?' मैले सोधे।

' यास् आई एम' उसले निर्धक्क भएर भन्यो।  झोलाबाट खानाको पोका निकाले र उसको हातमा दिए।
उसले धन्यबात दियो र सरासर झाडी भित्र पस्यो। झाडीभित्र सानो सानो क्याम्प जस्तो थियो।  ऊ त्यसै भित्र पस्यो। शायद त्यो नै उसको घर थियो।  उसले खानाको बिल अनलाइन तिरेको थियो, जसमा पाँच डलर टिप्स पनि।  बिश्वास गर्ने गाह्रो।  मिलियन डलरको घरमा बस्नेहरुको अर्डर मैले सित्तैमा बोकेको छु बिना टिप्स। तर बस्ने सम्म घर नभएको मान्छेले दस डलरको अर्डरमा पाँच डलर टिप्स दिनु भनेको पचास प्रतिशत हो। धनि र गरिबको मनको भिन्नता यसैमा छर्लंग देखियो।

एकछिन गाडीमै बसे। 'स्क्रिनमा अर्डर म्याच्ड  भनेर आयो।  आठ किलोमिटरको दुरीमा रहेको पिजा पसलबाट अर्डर टिपे र पुन पाँच किमि ड्राइभ गरेर 'ले जार्दीन अपार्टमेन्ट' को आठौ तलामा पुगे। कोठा नम्बर आठ सय तिनको  ढोकाको घन्टी थिचे। भित्रबाट एउटी भर्खरकी केटिले ढोका खोलि। कलेजी रंगको पारदर्शी टिशर्टबाट छातीमा भर्खरै पुस्टिदै गरेका अनार दाना जत्रा डल्ला मेरा निर्दोस नयनमा आएर अडिए। मन बेचैन भयो। हातमा पिजाको बक्स थमाए र धन्यबात दिए। उ मुसुक्क मात्र हाँसेर भित्र छिरी। ढोकाको ड्याम्म आवाज आएर कानमा बेस्मानी ठोकियो। हड्डीमा लोभिएको कुकुर जस्तै लुरुलुरु आफ्नो बाटो लागे म। 

गाडीमा तेल सकिन लागेछ। काम सुरु गरेको पनि पाँच घण्टा पुगेछ। स्क्रिनको माथिपट्टी आजको कमाएको पैसो डबल डिजिट मा रहेछ। तिन डिजिट सम्म पुग्छ कि भन्ने आशा थियो। जोड पनि नगरेको हैन। तर पनि पुगेन। तेल को खर्च कटाएर पाँच घन्टाको टोटल आम्दानी जम्मा साठी डलर। के गर्नु कमाई थोरै भयो भनेर। मनमनै सोचे 'पैसो त सिलाजित भन्दा नि गाह्रो ठाउमा हुदो रहेछ। नक्कली सिलाजित हो भने कुरो फरक। तरपनि मन कति पनि दुखि भएन। आफैले रोजेर गरेको काम हो।  मन नलागेको काम बाट दुइसय कमाऊनु भन्दा यसैमा खुसि भए म।
घरजानलाई स्टार्ट मात्र गरेको के थिए टिनिनी घंटि बज्यो। स्क्रिनमा हेरेको ' वाना स्टे अन द शिफ्ट ' भनेको रैछ। खै के आयो दिमागमा 'एस' भन्दि हाले। 'अर्डर दियो तिन डलर पच्चीस सेन्टको। मन दोधारे भयो। रातको दश बजिसक्यो। तिन डलरको लागि फेरी पन्द्र मिनेट जति गाडी कुदाउ कि घरमा गएर खाना खाएर आराम गरौ। छोरा छोरी संग एकै छिन भएपनि खेलौ। श्रीमतिलाई माया गरौ  ढिलो घर गयो भने सबै सुत्छन।  तिन डलरमा यति धेरै कुराहरु त्याग्न सकिन। शिफ्ट अन्त्य गरे र घरतिर लागे।



0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home