Sunday, September 28, 2014

शायद, मैलेपनि मनाउथेहोला यो दशै



दुर्गा भगवतिका मन्दिरहरु
परिबार, आफन्त र मन मिल्ने साथिभाइहरु
पहेला जमरा उमार्नी घर वा कोत
आशिर्बाद दिने बुवा अामा र मान्यजनहरु
सगै भैदिएको भए
शायद,
मैलेपनि मनाउथेहोला यो दशै।

गााउले झारा लगाइ खनेको नया बाटो
सेते दर्जी दाइले सियको नयाँ लुगा
देउरालिको चर्के पिंग
सप्तमि, अष्ठमि र नवामी को मेला
यहाँपनि भैदियको भए
शायद,
मैलेपनि मनाउथेहोला यो दशै।

सागुरा सिट भएका बस
फराकीला मन भएका यात्रु हरु
पांग्रा नअटाउने बाटाहरु
तर अति अदम्य साहस भएका चालकहरु
यहाँपनि भैदिएको भए
शायद,
मैलेपनि मनाउथेहोला यो दशै।

मान्छेलाई मसिन ठान्नेहरु
काममा घन्टा गन्नेहरु
पैसा आउने एक,जाने सयौं बाटाहरु
देख्नमा सेता, मनका कालाहरु
नभैदिएको भए यहाँ
शायद,
मैलेपनि मनाउथेहोला यो दशै।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home