Tuesday, September 30, 2014

मायाको रंग चिन्न सकिन



आखाँमा आखाँ जुदाएर बोल्न सकिन
इसरा  दिदा पनि ओठ खोल्न सकिन
कति कमजोर रहेछु म,
हातमा थमाएको चिठि नि छिचोल्न सकिन।

काधमा काध जुधाएर हिड्न जानिन
जाउ हेर्न सिनेमा भन्दा जान मानिन
कति ल्वाठ रहेछु म,
तिमिले ओठ टोक्दासम्मनि मायाको स्वाद पाउन सकिन।

तिमी रिसाएको भाब बुझ्न सकिन
तिम्रेा आखाको आसु पुछ्न सकिन
कति बेवकुफ रहेछु म,
तिम्रो काखमा शिर राखि सुत्न सकिन।

तिमिले चिनो दिदा लिन सकिन
आफुले किनेमात्र दिन सकिन
कति हुस्सु रहेछु म,
हातमा गुलाब दिदापनि मायाको रंग चिन्न सकिन।







0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home