Sunday, September 28, 2014

र त म नेता बन्छु।

र त म नेता बन्छु

भ्रस्टाचार गर्छु
घुस खान्छु
गुन्डा पाल्छु
टेन्डर हाल्छु
र त म नेता बन्छु।

दिनभरी भासन गर्छु
राातभरि डिस्को चर्छु
भिड देखे अघि बड्छु
समस्या देखे पछि हट्छु
र त म नेता बन्छु।

ब्यापारीसंग कमिसन लिन्छु
उधोगीसंग चंदा असुल्छु
कर्मचारीलाई धम्काउछु
कार्यकर्तालाइ धम्धमाउछु
र त म नेता बन्छु।

बिरोध गर्नेलाई सरुवा
चम्चेलाई बढुवा
नियमपालकलाई पाखा
देशद्ोर्हीलई काखा
र त म नेता बन्छु।

रातो पासपोर्ट बेच्छु
चेलिबेटी खेद्छु
अपहरण गर्छु
बिरेध गरे सिध्याइदिन्छु
र त नेता बन्छु।


0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home