Thursday, January 4, 2018

टोपि दिवस!

ओई! टोपिवाला दाई, कस्तो रह्यो त दिवश?
कति मुल्यको टोपि लायौ,अनि कुन ब्रान्डको?
कतिको खिचियो फोटो? कति टासियो भित्तोमा?
दौरा र सुरूवाल दिवस नि आउला।
नाक दिवस पनि त आउला
किनकि दौरा सुरूवालको ईतिहास पनि त पुरानो छ।
नाकको त कुरै छोडौ।
आखिर दिवस न हो मनाउने।
यहॉ दिवस मनाउन दिक्षित हुनु पर्दैन।
शिक्षा दिवस मनाउन शिक्षित हुनु पर्दैन।
टोपि दिवस मनाउन टोपि लाइरहन पर्दैन।
एड्स दिवस मनाउन एड्स लाग्नै पर्दैन।
कन्डम दिवस मनाउनेले कन्डम लाउनै पर्दैन।
जे जे दिवस मनायपनि भैगो यहॉ
दिवस मनाउनेले किन मनाइयो थाहा पाउनै पर्दैन।

दिवसको आफ्नै महत्व होला नहोला
त्यो पनि मनाउनेहरूलाइ थाहा होला।
स्कुल र कलेजमा टोपि लाउनेलाइ पाखे भन्नेले
शहरिया पार्टि र समारोहमा टाई लाउनेले
एकैछिन भयपनि लाए टोपि, पारे क्लिक क्लिक
अनि टासे भित्ताभरि झिलिक् झिलिक्।
अनि हेप्पि टोपि दिवश रे।
कुन टोपि? कस्तो टोपि? कस्को टोपि? किन टोपि?
बास् खालि टोपि दिवस।

चार जात छत्तिसबर्ण को फूलबारिमा
अनेकन छन् टोपि लाउनेहरु।
यहॉ मौसम सुहाउदा लगाईन्छन टोपिहरू
हिमालमा बस्नेको टोपि फरक
पहाडमा बस्नेको टोपि फरक
तराइमा बस्नेको पनि फरक, फरक
धर्म पिच्छे फरक, जात पिच्छे फरक
यहि विवधता बिचको एकता हाम्रो पहिचान
यहि पहिचानलाई बचाउने दिवस मात्रै हुन्छ महान।
खोजौ त्यस्तो दिवस र मनाउ सबैले, हुन्छ हाम्रो शान।
जय देश, जय प्रदेश!!! जय परदेश!!!!



0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home