Wednesday, December 26, 2018

छोडे स्यालहरु चिच्यौदै पाखा पाखा दौडिन

आगो भर्भर गर्दा मेरी आमा भन्नुहुन्थ्यो "बाबु आज पाउना आउछन घरमा "
आमाको अनुहार चन्द्रमाको रंग जस्तै उज्यालो हुन्थ्यो
हामि उफ्रिदै दिनभर बाटोतिर भलाक्थ्यौ
नभन्दै तम्घास देखि फुपू आउनुहुन्थ्यो सोलिभरी पाउर बोकेर।

दाया आखो  फरफर फर्किदा आमा भन्नुहुन्थ्यो ' सेनो छोरो बिरामी भयो कि' ?
आमाको अनुहार चंदग्रण लागेजस्तै अध्यारो हुन्थ्यो
हामिलाइ पनि नराम्रो लाग्थ्यो दिनभर
नभन्दै बुवाले साँझ खबर लेर आउनुहुन्थ्यो ' बाबु बिरामी छ रे ।'

बिहान बिहान पारि पाखामा स्याल कराउदै गर्दा
आमाको अनुहारमा अत्यासका रेखाहरु सल्बलाउथे
आमा भन्नुहुन्थ्यो अब गाउमा के बिपत्ति आइपर्छ
नभन्दै टाडाबाट एकोहोरो संख बजेको आवाज सुनिन्थ्यो।

मेरो स्कुलमा रिजल्ट आउदाको अघिल्लो रात आमा सोध्नुहुन्थ्यो
बाबु सपना कस्तो देखिस त?
मा भन्थे ' आमा मलाई खोलाले धन्न बगाएन, बल्ल बल्ल तरे
आमा भन्नुहुन्थ्यो 'नडरा पास हुन्छस बल्ल बल्ल।

तर ,
आज न र्भराउछ आगो अगेनामा, न आउछन पाउना
न कसैले मान्छ चिन्ता आखै फर्फराउदा
न कसैले गर्छ सांकेतिक कुरा देखेको सपनामा
न त दौडन्छन स्यालहरु चिच्याउदै पाखा पखेरामा।







0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home